Powered by Blogger.
एम्नेष्टीको सभामा अधिवक्ता देउला सम्मानित

 असोक सुजन क्षेष्ठ
मकवानपुर,२३ पौष ÷ एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ६७ हेटौँडाले अधिवक्ता रामकृष्ण देउलालाई आज(शनिबार) सम्मान गरेको छ । संस्थाले १७ औँ बार्षिक साधारण सभामा ईन्द्रबहादुर श्रेष्ठ स्मृती मानव अधिकार सम्मान÷पुरस्कारबाट उहाँलाई सम्मान गरेको हो । 
कार्यक्रमका प्रमुख अतिथी एवम् मकवानपुर क्षेत्र नम्बर ३ का साँसद अनन्त पौडेलले देउलालाई खादा ओडाएर सम्मान पत्र प्रदान गर्नु भएको थियो । नगद पुरस्कार पाँच हजार एम्नेष्टी ईन्टरनेशनल समूह हेटौँडाका संयोजक ह्यग्रिव आचार्यले प्रदान गर्नुभयो । कार्यक्रममा साँसद पौडेलले नेपालमा राजनितिक आवरणमा दण्डहिनता कायम रहनु दुःखद रहेको बताउँनुभयो ।
 मानव अधिकार प्रवद्र्धन गर्न एम्नेष्टीको भुमिका महत्वपूर्ण रहेको भन्दै उहाँले थप सक्रिय हुन आग्रह गर्नुभयो । एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ६७ हेटौँडाको संस्थापक संयोजक श्रेष्ठको नाममा स्थापित पुरस्कार हरेक बार्षिक साधारण सभामा प्रदान गरिने बताईएको छ । कार्यक्रम एम्नेष्टी ईन्टरनेशनल समूह हेटौँडाका संयोजक ह्यग्रिव आचार्यको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा एम्नेष्टी ईन्टरनेशनल नेपालका केन्द्रिय सदस्य सुरेश अर्यालको बिशेष आतिथ्य रहेको थियो ।
 कार्यक्रममा एम्नेष्टी ईन्टरनेशनल समूह हेटौँडाका सचिव हेमन्त ढुङ्गेलले बार्षिक कार्ययोजना सहित प्रतिबेदन तथा कोषाध्यक्ष प्रकाश ढकालले आर्थिक प्रतिबेदनले प्रस्तुत गर्नुभएको थियो । एम्नेष्टी ईन्टरनेशनल समूह हेटौँडाका उपसंयोजक बिजयकुमार बैद्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा अधिवक्ता देउला, पुरस्कार अक्षय कोषका सदस्य सचिव एवम् उपप्राध्यापक कृष्णप्रसाद दाहाल लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
एम्नेष्टी ईन्टरनेशनल समूह हेटौँडाका पूर्व संयोजक जिवनकाजी माकजु श्रेष्ठले १५ हजार दिने घोषणा गर्नु भएको पुरस्कार अक्षय कोषमा साँसद अनन्त पौडेलले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

0 comments

Write Down Your Responses