Powered by Blogger.
इभेन्ट म्यानेजमेन्ट सेमिनार सम्पन्न


काठमाडौ २३ पुस । क्रियटिभ ह्याण्ड्सको मुख्य आयोजनामा विहिवारदेखि नेपालगन्जमा सुरु इभेन्ट म्यानेजमेन्ट तथा पिस भोलन्टियर सेमिनार शुक्रवार सकिएको छ ।

नेपालगन्जका विभिन्न व्यवस्थापन, सोसियल वर्क र होटल म्यानेजमेन्ट कलेजका स्नातक तहका २५ युवा सहभागी सेमिनारमा ईभेन्ट म्यानेजमेन्ट विज्ञ दीपक थापा मुख्य प्रशिक्षक हुनुहुन्थ्यो ।सेमिनारमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रकाश तिमिल्सिना, युएनडीपी नेपालगन्जका परियोजना संयोजक सतिश पाण्डे, बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राई, मध्यपश्चिम क्षेत्रीय खेलकुद् विकास समितिका अध्यक्ष भीम ओली र कान्तिपुर पब्लिकेशन्सका मध्यपश्चिम क्षेत्रीय ब्यूरो प्रमुख जनक नेपालले भोलेन्टेर्सको महत्व, स्वयम्सेवी भावनाको महत्व र युवाहरुको भूमिकाबारे प्रवचन तथा सहजीकरण गर्नुभएको थियो । 

सेमिनारका सहभागी युवाहरुले इभेन्ट म्यानेजमेन्ट सीप र स्वयम्सेवी भावना जीवन उपयोगी भएकाले आफूहरु आकर्षित भएको बताएका छन् । उनीहरुले छिट्टै भोलियन्टर्स क्लब गठन गरेर नेपालगन्जमा हुने ठूला ईभेन्टहरुमा साझेदारी गर्ने बताए । 

सेमिनारका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले देश र समाज विकासको अभिभारा युवाहरुको काँधमा रहेकाले त्यो दायित्व निर्वाह गर्न युवा परिचालन र सक्रियताको खाँचो रहेको बताउनुभयो । 

‘भोलेन्टिर भावना विना सामाजिक अभियान अघि बढ्न सक्दैन । तपाईहरुको उत्साह देखेर आउँदा दिनमा नेपालगन्जमा युवा सक्रियता बढ्ने अपेक्षा गरेको छु’ उहाँले भन्नुभयो । मुख्य प्रशिक्षक थापाले सहभागी युवाले सिर्जनशिल भई आकर्षक कार्यक्रम व्यवस्थापन गर्न सक्ने भएकाले आफू नेपालगन्जसंग आशावादी रहेको बताए । 

पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यपश्चिम क्षेत्रीय संयोजक झलक गैरेले दक्ष जनशक्तिको खाँचो महशुस भईरहेकाबेला प्रशिक्षित युवा टिम तयार हुनु खुशीको कुरा भएको बताउनुभयो । 

क्रियटिभ ह्याण्ड्स, सेलिबे्रटी खबर अनलाईन, क्रियटिभ बुक्स र क्रियटिभ पिस भोलेन्टिर क्लबले सेमिनार संयुक्त रुपमा आयोजना गरेको हो । यस्ता सेमिनार र प्रशिक्षण कार्यक्रमलाई क्रियटिभ ह्याण्ड्सले आउँदा दिनमा निरन्तरता दिनेछ । 


0 comments

Write Down Your Responses