Powered by Blogger.
२ दिने नेपाली भाषा विषयक कार्यशाला गोष्टी सकियो

मकवानपुर,२३ पौष / नेपाली भाषा शिक्षक समिति मकवानपुरले २ दिने नेपाली भाषा विषयक कार्यशाला गोष्टी  आज सम्पन्न गरेको छ । हिजोबाट शुरु भएको गोष्टी ज्ञानदा उच्च माविको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली भाषाका सन्दर्भमा देखिएका अन्यौलता र भाषा विकासका क्षेत्रमा देखिएका मुद्दाहरुमा गोष्टी केन्द्रित रहेको समितिका सचिव माधव खतिवडाले जानकारी दिनुभयो । मुख्य प्रशिक्षकका रुपमा बरिष्ठ साहित्यकार देवी नेपाल र भाषाविद्  नेपाल सरकारका भाषा आयोग सचिव गणेश भटराई रहनुभएको कार्यक्रममा नेपाली भाषा शिक्षक समिति मकवानपुरका अध्यक्ष रमेशमोहन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।  बर्ण्विन्यास सम्वन्धी अन्यौलताले पठनपाठनका निम्ति  असहजता भईरहेको परिप्रेक्षमा तालिमले शिक्षकहरुमा  अन्यौलता हटाउन सहयोग गरेको तालिममा सहभागी दिपक गौतमले बताउनुभयो । कार्यक्रममा ५० जना नेपाली भाषा शिक्षकहरुको सहभागिता रहेको थियो।

0 comments

Write Down Your Responses