Powered by Blogger.
पालुङ ओखर बजारकी यी आमाछोरी बेपत्ता


पालुङ, २३, पुस ।  उत्तरी मकवानपुरको पालुङ ओखर बजारकी एक महिला छोरी सहित एक सातादेखि हराईरहेकी छन् । ओखरबजारबाट काठमाडौँ जान हिँडेकी मंगलदेबी प्रधान एक सातादेखि हराएकी हुन् । 

बोल्न नजान्ने अन्दाजी ४७ बर्षकी प्रधान छोरीलाई दहि चिउरा खुवाउनका लागि भन्दै काठमाडौँको माता तिर्थ जान बस चढेको बताइन्छ । 

बस चालकका अनुसार उनी प्रधान नागढुङ्गामा ओर्लिएकी थिइन् ।

महिलाको साथमा सानी छोरी पनि रहेको परिवारले जानकारी दिएको छ । मंगलदेवी तथा उनको आमाछोरी कोहि कसैले देखेमा नजिकको प्रहरी कार्यालयमा वा फोन नम्बर ९८५५०७२१४८ मा सम्पर्क गरिदिनु हुन् परिवारले अनुरोध गरेको छ ।

0 comments

Write Down Your Responses