Powered by Blogger.
नारायणी उपक्षेत्रिय अस्पताल बिकास सहयोग अभियानद्वारा बिपन्न बिरामीहरुलाई कम्बल बितरण

वीरगंज,  २३ पुस / नारायणी उपक्षेत्रि अस्पताल वीरगंजमा आज एक कार्यक्रमका बिच ७५ थान कम्बल बितरण गरिएको छ । नारायणी उपक्षेत्रिय अस्पताल बिकास सहयोग अभियान र स्वतन्त्र मानव अधिकार समाजको बिशेष पहलमा  अस्पतालका बिपन्न बिरामीहरुलाई सो कम्बल बितरण गरिएको हो ।अभियानका संयोजक एवं सदभावना वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको नेतृत्वमा भएको कार्यक्रममाकम्बल दाताहरु मुकेश सरावगी, बिमल कादमिया, अनुप सरावगी, शम्भु अग्रवाल,बिकास अग्रवाल, संगै  स्वतन्त्र मानव अधिकार समाजका  केन्द्रिय अध्यक्ष कृष्णा कुमार खनाल, सदभावना केन्द्रिय सदस्य निजामुदिन समानी, नेपाली काँग्रेसका रामरुप कुर्मी, सदभावना नगर उपाध्यक्ष दिपक साह कानु, मानव अधिकारकर्मी लालबाबु सिंह,राजेश तिवारी लगायतको सहभागिता रहेको थियो ।



0 comments

Write Down Your Responses