Powered by Blogger.
रेडियो निकासका कोषाध्यक्ष एवम् संवाददातामाथि प्रहरीद्धारा कुटपिट गर्दै नियन्त्रणमा

 हेटौडा, ६ माघ ÷ मकवानपुरको हेटौंडामा आज प्रदर्शनका क्रममा रेडियो निकासका कोषाध्यक्ष तथा रेडियोका संवाददाता अर्जुन सन्जेललाई प्रहरीले बिना कारण कुटपिट गर्दै नियन्त्रणमा लिएको छ । आफ्नो छोरा बिरामी भएर उपचारका लागि  पारीजातपथमा रहेको सफल फार्मेसीमा जांदै गर्दा बुद्धचोक नजिकै प्रहरीले कुटपिट गर्दै नियन्त्रणमा समेत लिएको हो । सन्जेलले आफू संचारकर्मी रहेको र आफू  छोरा बिरामी भएर उपचारका लागि जान लागेको बताउदा बताउदै डिउटीमा खटिएका प्रहरीहरुले अन्धाधुन्ध कुटपिट गर्दै नियन्त्रणमा लिएका थिए । प्रहरीको कुटाइबाट सन्जेलको निधारमा चोट लागेको छ ।
प्रहरीले बिना कारण सन्जेललाई नियन्त्रणमा लिएकोमा रेडियोका स्टेशन मेनेजर सुनिल खड्काले आपत्ति जनाउनुभएको छ । उहाँले प्रहरीको यो रबैया निकै आपत्तिजनक भएको भन्दै यस्ता हर्कत नदोहो¥याउन चेतावती दिनुभएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष गिरिजा अधिकारीले प्रहरी नायब उपरीक्षक बामदेव गौतमलाई भेटेर संचारकर्मी सन्जेललाई बिना कारण कुटपिट गरेकोमा आपत्ति जनाउनुभएको छ । करिब २ बजेतिर प्रहरीले बिना कारण नियन्त्रणमा लिइएका सन्जेल सांझ ५ बजे पत्रकार महासंघका उपाध्यक्ष अधिकारी र रेडियोका स्टेशन मेनेजर खड्काको रोहबरमा छाडिएको थियो ।

0 comments

Write Down Your Responses