Powered by Blogger.
सडक विस्तारको क्रममा हेटौडामा आज पनि स्थानीय बासिन्दा र प्रहरी बीच झडप, भोलीबाट अनिश्चित कालिन बन्दको घोषणा

 मकवानपुर,६ माघ / सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार क्षेत्रमा सडक विस्तारको क्रममा आज स्थानीय बासिन्दा र प्रहरी बीच झडप भएकोछ । झडपको क्रममा ६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको र करीब आधा दर्जन प्रहरी सामान्य घाईते भएको जनाईएकोछ । सडक विस्तारको क्रममा आफ्ना निजी जमीनको क्षतिपूर्ति तथा मुआब्जा नदिई आफ्ना भौतिक संरचना भत्काउन लागेको विरोधमा स्थानीय बासिन्दा आक्रोशित भएका हुन् । हेटौडा बजार बन्द रहेको छ भने प्रहरी र स्थानीय घरधनी व्यवसायीहरुका बीच झडप भएको हो ।


आफ्नो नाममा अहिले पनि लालपूर्जा रहेको र मालपोतबाट खरीदबिक्री हुदै आएको र नगरपालिकालाई नियमानुसारको कर समेत बुझाएको हुनाले सरकारले लिनु परेमा त्यसको मुआब्जा सरकारले दिएर मात्रै सडक विस्तार गर्नु पर्ने स्थानीयको माग रहेको छ । विगत केही दिन देखि हेटौडा बजारमा तनाबको स्थिति छ भने आजको घटनासंगै सरकारले मुआब्जा नदिएसम्म भोलि ७ गते देखि अनिश्चित कालिन हेटौडा बन्द गर्ने हेटौडा बसोबास संरक्षण समितिले जनाएकोछ ।

0 comments

Write Down Your Responses