Powered by Blogger.
थाहा नगरपालिकाको ठूलो माखुमा काँग्रेसको वडा भेला सम्पन्न

हेटौंडा, ८ माघ / मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ ठूलो माखुमा संगठन विस्तार एवं सुदृढिकरण कार्यक्रम अन्र्तगत नेपाली काँग्रेसको वडा भेला सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस मकवानपुरका जिल्ला सचिव आनन्द कठायतले मुलुकमा राजनीतिक क्रान्तिको नेतृत्व काँग्रेसले गर्दै आएको र अव आर्थिक क्रान्तिको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने बताउनुभयो । सचिव कठायतले कम्युनिष्ट नामधारी पार्टीहरु र पुर्नरुत्थानवादीहरुले प्रपोगण्डा गरी जनतामा भ्रम सृजना गर्न खोजेको हुँदा त्यसलाई चिर्दै काँग्रेसको पक्षमा जनमत सृजना गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
वडा सभापति रामकृष्ण बलको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सदस्य भीमबहादुर भोम्जनले आगामी चुनावको लागि कार्यकर्ता तयार रहनुपर्ने बताउनुभयो ।
भेलाले रामकृष्ण बलको सभापतित्वमा ११ सदस्यीय वडा समिती पूर्नगठन गरेको छ । समितिमा दिनेशकुमार लामा उपसभापति, रामकुमार लामा सचिव, श्यामसिं भोम्जन सहसचिव र निरुता लामा कोषाध्यक्ष रहनुभएको छ । त्यस्तै सदस्यहरुमा अमित बल, ज्ञानबहादुर गोले, रामकुमार बल लामा, देवकुमार बल, सुरेन्द्र थिङ र लक्ष्मी बल रहनुभएको छ ।
त्यस्तै भेलाले नेपाल महिला संघ र नेपाल तरुण दलको ९ नम्बर वडा इकाई समिति गठनको लागि निरुता लामा र सञ्जिव बल संयोजक रहनुभएको तयारी समितिसमेत गठन गरेको छ ।

0 comments

Write Down Your Responses