Powered by Blogger.
जनक माविमा बिविध खेलकुद सम्पन्न

मकवानपुर,८ माघ  / जनक माध्यमिक बिध्यालय जनक वालक्लब भिरकोट्को आयोजनामा बिविध खेलकुद प्रतियोगिता शुक्रवार सम्पन्न भयको छ ।
 छतिवन स्रोत केन्द्र्स्तरिय प्रतियोगितामा अन्तर निमावी  गणित दौड, मावी स्तरिय भाले जुधाइ  प्रतियोगीता भयको थियो । जनक मावी को बिध्यालयशिक्षक रमेश दाहालका अनुसार  महेन्द्र मावी छतिवन,जनक मावी भिरकोट तथा माटोकोरी निमावि सहभागी थिए ।

 प्रतियोगिताको निमावी स्तरिय गणित दौडमा छात्रा तर्फ जनक माविकि अस्मिता घिमिरे प्रथम, सोही बिध्यालयकी निकाशा घिमिरे द्वितीय र महेन्द्र माविकी प्रमिशा शाह तृतिय भयकी छिन ।तेस्तै छात्र तर्फ जनक माविका सत्यम सुवेदी प्रथम, महेन्द्र माविका शिशिर गौतम द्वितीय र माटोकोरी निमाविका कृष्ण बोलखे तृतिय भयका थिय । त्यसै गरि बिध्यालय स्तरिय भाले जुधाइ प्रतियोगितामा ३ बिध्यालयका छात्र तर्फको ९ टिम सहभागी थिय ।

प्रतियोगितामा महेन्द्र माविका समीर मगर प्रथम,जनक माविका राजकुमार माझी द्वितीय र माटोकोरी निमाविका कैलाश राई तृतीय भएका थिय ।
भरत सापकोटाले संचालन गर्नु भयको प्रतियोगिताम स्थानीय स्तरमा बिध्यार्थिको शारीरिक तथा बौद्धिक स्तर मा विकास गर्ने उदेस्यले आयोजना गरियको थियो ।  बिद्यालयको ब्यबस्थापन समिती अध्यक्ष विकाश भोम्जनको प्रमुख आतिथ्यतामा भयको बिबिध खेल प्रतियोगितामा तीन बिध्यालयका पाच सय भन्दा बढिको उपस्थिती रहेको स्थानिय शिक्षक शेखर घिमिरेले बताउनु भयो ।

0 comments

Write Down Your Responses