Powered by Blogger.
रेडियो निकास र निकास साप्ताहिकको बार्षिक उत्सव सम्पन्न

मकवानपुर,८ माघ / सञ्चार संघ नेपाल द्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज र निकास साप्ताहिकको बार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ । 

मकवानपुर जिल्लाबाट नियमित प्रकाशित भईरहेको निकास साप्ताहिक १२ बर्ष पुरा गरी १३ औं बर्षमा प्रवेश गरेको छ भने रेडियो निकास तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । 

सो अवसरमा आज होटल सीमामा वार्षिकोत्सव कार्यक्रम गरी निकासको बार्षिकोत्सव मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सूचना तथा संचारमंत्री सुरेन्द्र कार्कीले पत्रकारिता जगतमा निकासले पु¥याएको भूमिकाको प्रशंसा गर्नुभयो ।
 कार्यक्रममा स्वर्गीय रामचन्द्र खड्का स्मृति पत्रकारिता पुरस्कारबाट मकवानपुरका पत्रकार कृष्ण सारु मगरलाई सम्मान गरिएको थियो भने सुमन भोम्जन स्मृति पत्रकािरता पुरस्कारबाट पत्रकार होम कार्कीलाई पुरस्कृत गरिएको छ ।
साथै हरेक वर्ष गर्दै आएको वर्ष व्यक्ति सम्मान अन्तर्गत वर्ष व्यक्ति सम्मान–२०७३ बाट तुल्सी गिरी र नवराज अर्याल सम्मानित भएका छन् ।
रेडियोका अध्यक्ष सुनिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा  प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष बलराम थापा, निमित्त क्षेत्रीय प्रशासन विनोद सुवेदी, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारी, नेपाली काँग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विक, नेकपा माओवादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, नयाँ शक्ति नेपाल पार्टीका विवेक वाइवा, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुृलीलगायतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses