Powered by Blogger.
मउवा संघले पत्रकार महासंघलाई कम्प्युटर प्रदान गर्यो

मकवानपुर,७ माघ ÷ मकवानपुर उद्योग वाणिज्य संघले आज एक कार्यक्रमका वीच पत्रकार महासंघ,मकवानपुरको सूचना केन्द्रका लागि एक थान कम्प्युटर प्रदान गरेको छ । संघको कार्यालयमा एक कार्यक्रमका बीच संघका अध्यक्ष राजकुमार न्यौपानेले पत्रकार महासंघका सचिव कृष्ण सारु मगरलाई कम्प्युटर हस्तान्तरण गर्नु भएको थियो । कम्प्युटर हस्तान्तरण पछि संघका अध्यक्ष न्यौपानेले व्यवसायीहरुको  हकहितमा आज सम्म मकवानपुरका पत्रकारहरुले खेलेको भूमिकाको प्रसंशा गर्नु भएको थियो । कार्यक्रममा पत्रकार महासंघका सचिव कृष्ण सारुले पत्रकार महासंघबाट सूचना ,समाचार प्रेषित गर्न आजको सहयोगले टेवा पुग्ने बताउनु भएको थियो । मकवानपुर पत्रकार महासंघ मकवानपुरको सूचना केन्द्रलाई नेपाल सरकारका सञ्चारमन्त्री सुरेन्द्र कार्काीले भोलि माघ ८ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

0 comments

Write Down Your Responses