Powered by Blogger.
सञ्चार मन्त्री सुरेन्द्र कार्कीबाट सूचना केन्द्रको उद्घाटन

मकवानपुर, ८ माघ / नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको हेटाँैडा–४ स्थित कार्यालयमा रहेको सूचना केन्द्रको माननीय सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले उद्घाटन गर्नु भएको छ । 
सो सुचाना केन्द्रको उद्घाटन गर्दै  उहाँले आधुनिक सञ्चारका प्रविधिलाई उपयोग गर्दै नागरिकलाई सहि सुचना पु¥याउन यस केन्द्रले ठुलो मद्दत पुग्ने विश्वास व्याक्त गर्नु भयो । 
प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडिले पत्रकार मांहसंघ मकवानपुर शाखाले राम्रो गर्दै आइरहेको बताउदै सूचना केन्द्रलाई संस्थागत गराउन र दिगो सञ्चालनको आधार तय गर्न आग्रह गर्नु भयो ।
पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष महेन्द्र श्रेष्ठले पत्रकार महासंघ मकवानपुर शाखाले हाल सम्म गरेको गतिविधिहरु प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष गिरिजा अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
 सो कार्यक्रममा पूर्व अध्यक्ष नवराज शर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

0 comments

Write Down Your Responses