Powered by Blogger.
मउवा संघले ओजीको स्वागत गर्यो

मकवानपुर,८ माघ / मकवानपुर उद्योग वाणिज्य संघले दक्षिण कोरियाका छेन्दुन चेम्बर अफ कमर्शका प्रतिनिधि डाक्टर किम होंग ओजीलाई स्वागत तथा सम्मान गरेकोछ । 

केही समय अघि मकवानपुर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डल दक्षिण कोरियामा माम फेष्टिबलमा भाग लिन जाने क्रममा मकवानपुर भ्रमणको निमन्त्रणालाई स्वीकार गर्दै ३ दिन अघि ओजी हेटौडा आएका हुन् । मकवानपुर बसाईको क्रममा ओजीले हेटौडाको उद्योग व्यवसाय तथा शैक्षिक क्षेत्रको समेत अवलोकन गरेका थिए । 

स्वागत कार्यक्रम पछि आजीले मकवानपुरको स्वागतमा अफूले भातृत्वले भरिपूर्ण पाएकोले सबैमा आभार व्यक्त गर्दै व्यावसायिक सिलसिलामा दक्षिण कोरिया आउनु परेमा लागि आफूले सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष, सल्लाहकार, पदाधिकारी, कार्य समिति सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो । 


0 comments

Write Down Your Responses