Powered by Blogger.
थाहाको सहयोगी वचत तथा ऋण सहकारीको ९ औँ वार्षिक साधारण सभा सम्पन्न

जनक लामा 
थाहानगर,८ पौष ÷ उत्तरी थाहामा रहेको सहयोगी वचत तथा ऋण सहकारीको  ९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको प्रमुख आतिथ्यता तथा संस्थाका सस्थापक समितिका अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा संंस्थाका अध्यक्ष अञ्जल प्रधानले आर्थिक वर्ष २०७२÷७३ को प्रगती प्रतिवेदन सहित आर्थिक वर्ष २०७३÷७४ भावि योजना तथा कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 संस्थाले आर्थिक वर्ष २०७२÷७३ मा ४ करोड २७ लाख ७१ हजार ७ सय ५ रुपैया ६२ पौसाको आर्थिक कारोबार गरेको छ । संस्थाले आर्थिक वर्ष २०७२÷७३ मा ३ लाख ४७ हजार ४ सय १६ रुपौया नाफा गरेको छ ।
 प्रतिवेदन प्रस्तुत गर्नु हुदै प्रधानले आर्थिक वर्ष २०७२÷७३ मा भएको ५२ लाख ४२ हजार ८ सय भएको शयर पुजीलाई बृद्धि गरि १ करोड पु¥याउने लक्ष्य लिईएको बताउनु भएको छ ।
समुदायलाई यज्ञवद्ध गर्दै स्वावलम्वी मितव्ययी र आत्मनिर्भर बनाउनको लागि वि.सं.२०६४ सालमा  स्थापना उक्त संस्थामा १ सय ९३ जना  महिला गरि जम्मा ६ सय ९६ शेयर सदस्य रहेको छ ।


0 comments

Write Down Your Responses