Powered by Blogger.
संविधान निश्तेज पार्न सरकार नै लागेको एमाले महासचिव पोखरेलको आरोप


काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सरकार संविधान विरोधीहरुको सेवक  बनिरहेको आरोप लगाउनुभएको छ ।  गुरु लुईटेल अध्ययन तथा विकास केन्द्रले राजधानीमा आयोजना गरेको ‘संविधानको कार्यन्वयन द्धन्द्धपछिको शान्ति, विकास र सम्वृद्धि’ विषयक कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । 

महासचिव पोखरेलले संविधान कार्यन्वयनका लागि निर्वाचनमा जानुपर्ने र त्यसका लागि चुनावको मिती घोषणा गरेर अघि बढ्नुको सट्टा संविधान नै निस्तेज पार्ने दाउमा सरकार लागेको बताउनुभयो । ‘संविधानको कार्यन्वयनका निम्ती अविलम्व चुनावमा जानुपर्ने भएपनि अहिले निर्वाचनको घोषणा गर्न आलटाल गरिरहेको छ’ –उहाँको भनाई थियो । 

‘निर्वाचन घोषणा गर्नुभनेको संविधान कार्यन्वयनको माइलस्टोन हो, अहिले त्यसलाई हुन नदिने प्रपञ्च छ । निर्वाचन सम्वन्धी कानुन कहाँ कहाँ लगेर थन्काएका छन अहिले ? –महासचिव पोखरेलको प्रश्न थियो । विगतमा मानवता विरुद्ध गरेका अपराध र शान्तिप्रक्रियामा आएपछि भ्रष्टाचारको आहालमा डुब्दा माओवादी अहिले सत्ता समिकरणको पत्ता बनिरहेको बताउनुभयो । आस र त्रासको पत्तीको  रुपमा सत्ता समिकरणमा माओवादी प्रयोग भैरहेको उहाँको भनाई थियो । 

उहाँले संविधानलाई कार्यन्वयन गर्न नदिइ निस्तेज पार्ने अपराधपूर्ण कार्यमा सरकार नै लागेको दावी गर्नुभयो ।  विगतमा केपी ओली नेतृत्वको सरकारले मुर्छित सपनालाई व्युझाउँन खोज्दा सरकार ढाल्न खोजिएको भन्दै उहाँले त्यसलाई अपराधपूर्ण कार्यको संज्ञा दिनुभयो । 

एमाले नेतृत्वको सरकार ढाल्न खोज्ने शाक्ति इतिहाँसमा कलंकित पात्रको रुपमा दर्ज भएको उहाँको दावी थियो । 
कार्यक्रममा बोल्दै काँग्रेस नेता धनराज गुरुडले आफैले बनाएको संविधानलाई दलहरुले कुल्चीरहेको बताउनुभयो । उहाँले वर्तमान सरकार नैे आन्तरिक राष्ट्रियतालाई कमजोर पार्ने र बाहृय चलखेललाई बढाउने प्रयत्नमा लागेको आरोप लगाउनुभयो । 

त्यस्तै, मानवअधिकारकर्मी शुसिल प्याकुरेल, चरण प्रसाई लगायतले संविधानको कार्यन्वयन नगरी संशोधन गर्ने नैतिकता बर्तमान राजनीतिक दलहरुसँग नभएको दावी गर्नुभयो । संविधानको संरक्षक हुनुपर्ने प्रधानमन्त्री र सांसादहरु नै अहिले त्यसको खिलाफमा उत्रिएको उहाँको भनाई थियो । 



0 comments

Write Down Your Responses