Powered by Blogger.
राप्रपा थाहा नगर अध्यक्षमा कार्की निर्बिरोध

थाहा, १० माघ / राष्ट्रिय प्रजातन्त्र पार्टीको थाहा नगर अध्यक्षमा हरेराम कार्की निर्वाचित भएका छन् । सोमबार थाहा नगरको विकास घरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीचको एकता भेलाले कार्कीलाई नगर अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला सदस्य तथा जिल्ला निर्वाचन संयोजक रामबहादुर घलेको प्रमुख अतिथ्यतामा दुई पार्टीबीच एकीकरण भएको हो ।
एकीकरणले थाहा नगर उपाध्यक्षमा शंकर महर्जन र सचिबमा प्रमोद के।सी। चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा नविन रायमाझी, कुलमान तामाङ, राजकुमार कर्माचार्य, सुरेन्द्र तामाङ, कुमारी स्याङतान, सन्तोष केसी लगायत चयन भएका छन् ।
साथै कार्यक्रमका प्रमुख अतिथि घलेले आउदै गरेको पार्टीको महाधिवेशन तयारीको लागि एकजुट भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
पार्टी एकीकरण भएपछिको पहिलो प्राथमिक कार्य स्थानीय क्षेत्रमा रहेको समस्या समाधानको लागि पहल गर्ने र युवा स्वरोजगारको कार्यक्रमलाई अगाडि बढाउने अध्यक्ष कार्कीले बताउनु भयो । कार्कीले अब पार्टी कार्यकर्तामा मात्र सीमित नभई नगरको समग्र विकासमा प्रतिस्पर्धा गर्ने बताउनु भयो ।
कार्यक्रममा राप्रपा मकवानपुर जिल्ला सदस्य सम्भुभक्त श्रेष्ठ, क्षेत्रिय सचिब पूर्णध्वज के।सी।, क्षेत्रीय सदस्य हरिकृष्ण बिष्ट लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses