Powered by Blogger.
छहारी नेटवर्क पहिलो वर्षमा प्रवेश


मकवानपुर,१० माघ / छहारी नेटवर्क (सोमबार) आजबाट औपचारिक रुपमा संचालनमा आएको छ । कर्मकालिका मिडिया प्राइभेट लिमिटेडले (सोमबार) आज एक सामाजिक कार्य मार्फत छहारी नेटवर्क नामक अनलाइन न्युज पोर्टल संचालनमा ल्याएको हो ।
छहारी नेटवकले आफ्नो पहिलो वर्ष प्रवेशको अवसर पारेर हेटौडा ४ कर्रामा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई बिहानको खाना बापत नगद रु १० हजार सहयोग गरेको आश्रमका अभियन्ता होमनाथ तिमल्सीनाले जानकारी दिनुभयो ।
नेटवर्ककी संचालिका सरला अधिकारीले ससुरा स्वर्गीय लक्ष्मी प्रसाद तिमल्सेनाको नाममा सासु गिर्जादेबी तिमल्सेनाको हातबाट आश्रममा आश्रितहरुका लागि सहयोग रकम प्रदान गर्नु भएको हो । मानवसेवा आश्रममा रहेका बुबा आमाहरुसंग आफ्नो खुसी साट्न पाउदा आनन्द लागेको संचालिका अधिकारीले बताउनु भयो ।
हेटौडा ४ कमलडाडामा कार्यालय रहेको छहारी नेटवर्कले समाजमा रहेका नकारात्मक कुराको अन्त्यका साथै बिकास निर्माणको विषयलाई प्राथमिकता दिंदै समाचार संप्रेषण गर्ने उदेश्य लिएको छ ।

0 comments

Write Down Your Responses