Powered by Blogger.
नेपाली कांग्रेस थाहा नगर वडा नं. १० को सभापतिमा बल

जनक लामा
मकवानपुर, १३ माघ / नेपाली कांग्रेस थाहा नगरपालिका वडा नं. १० को वडा भेला सम्पन्न भएको छ । भेलाबाट रुपेश कुमार बलको सभापतित्वमा २५ सदस्यीय वडा कमिटि गठन गरेका छन ।
 सो कमिटिको उप–सभापतिमा रामकृष्ण पाख्रिन, सचिवमा राजेन्द्र बल, कोषाध्यक्षमा जलमाया थिङ र सह–सचिवमा पशुपति थिङ चयन भएका छन् ।
सदस्यहरुमा विक्रम थिङ, जनक थिङ, महेन्द्र दोङ, तिर्थलाल भोम्जन, माईला थोकर, सानुकान्छा पाख्रिन, रामकुमारी लामा, राममाया थिङ, सोम बहादुर भोम्जन, भुवनेश्वर गुरुङ, सानोकान्छा बल, सुस्मिता घिसिङ, सानोकान्छी रुम्बा, चमेली लामा, केदार पाख्रिन, रामकृष्ण भोम्जन, प्रतब पाख्रिन, गणेश बहादुर पाख्रिन, लालुमाया बलामी र लाल बहादुर भोम्जन सदस्यमा नै चयन भएका छन् ।
 आउदै गरेको चुनावलाई मध्यनजर गरि घरदैलो कार्यक्रममा सक्रिय भएर लाग्नमा समितिले पहल गर्ने नेपाली काग्रेस थाहा नगर तरुण दलका सभापति लामाले जानकारी दिनु भयो ।

नेपाली कांग्रेस जिल्ला सचिव आनन्द कठायतको प्रमुख आतिथ्यता तथा जिल्ला सदस्य भिम बहादुर भोम्जन, नेपाली कांग्रेस थाहा नगर कमिटिका सभापति योगेन्द्रमान श्रेष्ठ, थाहा नगर तरुण दल सभापति नवराज लामा लगायतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses