Powered by Blogger.
तेस्रो मनहरी महोत्सव २०७३ को तयारी पुरा, ५ करोडको कारोबार हुने आयोजकको अपेक्षा


मकवानपुर, १३ माघ / पश्चिम मकवानपुरको मनहरीमा आयोजित तेस्रो मनहरी महोत्सव २०७३ को तयारी पुरा भएको छ ।
भोलि अर्थात माघ १४ गतेदेखि १० दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय स्टलहरु राखिएका छन् । मेलामा ५ करोडको कारोबार हुने र डेढलाख दर्शकहरुले महोत्सव अबलोकन गर्ने अनुमान गरिएको प्रसार प्रचार संयोजक शिवकुमार काशीले जानकारी दिनु भयो ।

महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको वेजेड प्रस्तुती रहनेछ । उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय अध्यक्ष तथा विशिष्ट सदस्य चण्डिराज ढकालले उद्घाटन गर्ने मेलाको तयारी पुरा भएको मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका उपाध्यक्ष नारायण सुवेदीले बताए ।
भोलि मनकामना मन्दिरबाट महोत्सव स्थल सम्म झाकी सहितको शोभा ¥याली समेत हुनेछ ।
तेस्रो मनहरी महोत्सव २०७३ को तयारी पुरा, ५ करोडको कारोबार हुने आयोजकको अपेक्षा

तेस्रो मनहरी महोत्सव २०७३ को तयारी पुरा, ५ करोडको कारोबार हुने आयोजकको अपेक्षा


0 comments

Write Down Your Responses