Powered by Blogger.
भोजपुर–काठमाडौं सम्पर्क मञ्चले गर्यो रक्तदान


काठमाडौं, पुस २८ । नेकपा (एमाले) भोजपुर–काठमाडौं सम्पर्क मञ्चले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मञ्चले वर्षेनी यस्तो कार्यक्रमको आयोजना गर्ने गरेको छ । 

‘रक्तदान जीवनदान’ भन्ने नारासहित मञ्चले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । काठमाडौंको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस परिसरमा  भएको रक्तदान कार्यक्रममा  भोजपुरे लगायतका अन्य सर्र्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रममा ३३ जनाले रक्तदान गरेको  मञ्चका अध्यक्ष रेजिन श्रेष्ठले बताए । उनले भने, ‘नेपाल रक्तसंचार केन्द्रको ब्लड बैङ्कमा अत्यावश्यकीय रगतको कमी हुन नदिन यस कार्यक्रमको आयोजना गरिएको हो ।’



0 comments

Write Down Your Responses