Powered by Blogger.
हेटौडा गोल्डकपको उपाधिका लागि मनाङ मस्र्याङ्दी र नेपाल आर्मी भिड्ने

मकवानपुर,२२ पौष / हेटौडा गोल्डकपको उपाधिका लागि मनाङ मस्र्याङ क्लब र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । गत वर्ष पनि फाइनलमा यि दुई टिमबीच प्रतिस्पर्धा भएको थियो । जसमा मनाङ विजयी भएको थियो ।
आज भएको फाइनल खेलमा आर्मीले आयोजक विजय युथ क्लबलाई ४–१ ले पराजित गरेसँगै उपाधि भिडन्त पक्का गरेको हो ।
आर्मीको जितमा नवयुग श्रेष्ठ, भरत खवास, हिरन्य मगर र दिप लामाले एक एक गोल गरे ।
निर्धारित समयमा दुवै टिमबाट एकएक गोलको बराबरी भएपछि थपिएको समयमा आर्मीले थप ३ गोल गरेको हो ।
विजय युथ क्लबका अजय मार्टिनले सुरुवाती गोल गरेपनि त्यो अग्रता जोगाउन नसक्दा खेल आर्मीको पक्षमा गएको हो ।  फाइनल खेल भोली हुने छ ।


सुमन भोम्जन स्मृती खेलकुद प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिताको प्रथम हुने टिमले ५ लाख तथा दोस्रो हुनेले ३ लाख पुरस्कार पाउने छन्

0 comments

Write Down Your Responses