Powered by Blogger.
कालिका आधारभुत विद्यालय व्यवस्थापनमा धनवीर


फाखेल, १ फागुन । मकवानपुरको फाखेल गाउँ बिकास समिति वडा नं ३ स्थित श्री कालिका आधारभुत बिद्यालयको बार्षिक अभिभावक भेला शनिबार सम्पन्न भएको छ । 

मकवानपुर क्षेत्र नं २ का पुर्ब सांसद बीरबहादुर लामाको प्रमुख आतिथ्य, सरस्वती बालबोधनी मार्खु स्रोत केन्द्रका स्रोत व्यक्ती ज्ञानेन्द्र दाहालको बिशेष आतिथ्यता एवम बिद्यायालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष धनबीर स्याङ्तानको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । भेलाले धनबीर स्याङ्तानकै नेतृत्वको नौ सदस्यीय नयाँ ब्यवस्थापन समिति सर्वसम्मत गठन गरेको छ । 

नव गठित समितिमा अध्यक्ष  स्याङ्तान सहित सदस्यहरु बिमला लामा, कल्पना सुनार, दिनेश लामा, जुल्फी पाख्रीन,रामकृष्ण बलामी, सदस्य सचिब हस्तबहादुर राई रहेका छन् । यस्तै भेला ले जयबहादुर लामाको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरिएको । 

यसै बीच गाउँ बाल संरक्षण समिति फाखेलका अध्यक्ष जीवन लामाले बाल बिबाह गर्ने र गराउनेलाई अब कानूनी कार्वाही गर्ने चेतावनी दिएका छन् । कालिका आधारभूत बिद्याालय फाखेलको अभिभावक भेलाको अबसरमा उनले यस्तो चेतावनी दिएका छन् । 

बाल बिबाह न्यूनीकरण भन्दा बिबाह गर्न प्रोत्साहन हुने गरि केहीले अभिव्यक्ति दिदै हिड्न थालेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भुपु  सांसद वीर बहादुर लामाले सबैको एकता नहुदा फाखेलले शिक्षा क्षेत्रमा बिकास गर्न सकेन भन्दै चिन्ता ब्यक्त गरे । 

उनले अभिभावकले एकजुट भै शिक्षा प्रति चासो दिएर अगाडि बढ्न सुझाए । अरुले गरेका कुरालाई बेवास्ता गर्दै राम्रा कुरा समेत ग्रहण गर्ने बानी नहुदा फाखेलमा बाल बिबाहले समस्या निम्त्याएको उनको जिकिर थियो । 


गाउँ बाल संरक्षण समितिले चालेको बाल बिबाह विरुद्धको अभियानमा सबैले हातेमालो गर्न उनको आग्रह थियो ।  सबै अभिभावकले  खर्चिलो व्यबहार लाई नियन्त्रण गरी बालबालिकाको शिक्षामा लगानी गर्न उनको बिशेष जोड थियो ।



0 comments

Write Down Your Responses