Powered by Blogger.
हामी पव्लिक युथ क्याम्पसमा अखिलको झण्डा गाडेर इतिहास रच्न आतुर छौं

दामोदर फुँयाल ‘प्रज्वल’ अध्यक्षका दावेदार, पव्लिक युथ क्याम्पस
२०५९ सालबाट अनेरास्ववियुमा लागेका र त्यसयता निरन्तर पव्लिक युथ क्याम्पसको अनेरास्ववियु इकाइ संगठनको जिम्मेवारीमा सशक्त रुपमा लागिपरेका विद्यार्थी नेताको नाम हो दामोदर फुँयाल ‘प्रज्वल’ । उनी १० वर्ष अघि नेविसंघको प्रमुख गढ मानिने राजधानीको पव्लिक युथ क्याम्पसमा भर्ना भएयता त्यसै क्याम्पसमा अध्ययनरत छन् र निरन्तर अनेरास्ववियुको गतिविधीमा संलग्न छन् ।

अनेरास्ववियुको २२ औं महाधिवेशनबाट केन्द्रीय निर्वाचन आयोगको सदस्यका रुपमा निर्वाचित उनी पव्लिक युथ क्याम्पसमा राम्रो जनाधार भएको विद्यार्थी नेताका रुपमा परिचित छन् । उक्त क्याम्पसको प्रारम्भिक कमिटीको सदस्यका रुपमा २०६४ सालमा प्रवेश गरेका उनी दुई वर्षपछि प्राक सचिव, २०६८ मा क्याम्पस कमिटीको निर्विरोध अध्यक्ष, २०७० मा नवौं क्याम्पस सम्मेलन आयोजक कमिटीको संयोजक र २०७२ मा काठमाडौं क्याम्पस जिल्ला कमिटी सदस्य भएर काम गरे । 

क्याम्पसमा हुने हरेक सामाजिक कार्यहरुको अग्रसरता लिने, सबै विद्यार्थीहरुलाई निर्धक्क भएर शैक्षिक उन्नयनमा लाग्ने वातावरण प्रदान गर्नका लागि रातदिन खटिरहने र सबैसंग मिलनसार व्यवहार गर्ने कलाका कारण उनको विकल्पका रुपमा आगामी स्ववियु निर्वाचनका लागि अनेरास्ववियुका तर्फबाट अर्को दरिलो उमेद्वार देखिएको छैन । 

त्यसैले उनी आफुले त्यो जिम्मेवारी पाउने र पव्लिक युथ क्याम्पसमा अखिलको झण्डा गाडी नयाँ इतिहास रच्नेमा ढुक्क छन् । प्रस्तुत छ दामन पोष्टले उनीसंग गरेको कुराकानीः 

स्ववियुमा तपाँइ नै अध्यक्षको योग्य उमेद्वार भन्ने आधार के छ ?

म यो क्याम्पसमा भर्ना हुँदा नेपाल विद्यार्थी क्याम्पसको धेरै नै उदण्डता थियो । म आफैं यहाँ भर्ना हुँदै गर्दा नेविसंघका स्ववियुमा रहेका पदाधिकारीहरुले ‘तैंले कुनै पनि विद्यार्थी संगठनमा लागेर राजनीति गर्न पाँउदैनस्, तैले नेविसंघलाई सहयोग गर्नुपर्छ’ भनेर दवाव दिइरहेको अवस्था थियो । 

त्यस्तो बेला मैले ‘हुन्छ’ भनेर भर्ना गरें । त्यतीखेर नेविसंघको निक्कै नै ज्याजदी थियो । मैले त्ससका वावजुद पनि सानो रुपमा भएको संगठन विस्तार गर्दै स्कुल जीवनमा प्राकमा काम गरेको अनुभवले खारिदै अनेरास्ववियुलाई भरलाग्दो र रहरलाग्दो संगठनका रुपमा विकास गर्न सकें । 

हामीप्रति रहेको अनेरास्ववियुको मायाकै कारण केही अग्रज साथीहरु र मेरो पहलमा त्यहाँ अखिलको जग निर्माण ग¥यौं । त्यसयता २०७३ सालसम्म आइपुग्दा न मैले ग्राउण्ड छोडेको छु न त विद्यार्थी जीवन नै ।  त्यसयता मेरो पढाई, जीवन र भविश्य यही संगठन नै हो भनेर हिँडीरहेको अवस्थामा म नै अनेरास्ववियुको प्रवल उमेद्वार हो र हुनुपर्छ भन्ने आम साथीहरुको मत छ । 

नेविसंघको त्यस्तो गढ भनिएको क्याम्पसमा अनेरास्ववियुले जित्न त गाह्रो पर्ला नी ?

हाम्रो खटाईको निरन्तरता एकदमै बेजोडको छ । म भन्दा पछि पनि धेरै नेताहरु त्यहाँ अध्यक्ष हुनुभयो । उहाँहरुले आफ्नो भविश्यको कारणले गर्दा अहिले निरन्तरता दिन सक्नुभएको छैन । उहाँहरु जहाँ हुनुहुन्छ त्यहीबाट संगठनलाई माया, हौसल ार हामीलाई प्रेरणा दिइरहनु भएको छ । 

अनेरास्ववियु एउटा अनुशासित विद्यार्थी, लगनशीलर सधैंभरी विद्यार्थीहरुको हक र अधिकारको लागि लडिरहेको संगठन हो । हामीहरुको निरन्तर क्रियाशीलता, विद्यार्थीहरु माझ गरिने व्यवहार, क्याम्पस प्रशासनसंगको समन्वयकारी कार्यशैलि लगायतका कारणले हामी त्यहाँ अत्यन्तै लोकप्रीय छौं । हाम्रो संगठन विद्यार्थीमाझ अत्यन्तै लोकप्रीय भएका कारण हाम्रो जनमत बढेको छ । 

हामीले त्यहाँ हुने गरेका प्रशासनिक ढिलासुस्ती लगायत क्याम्पसमा रहेको धेरै समस्या निराकरण गर्न सधैंभरी जुधिरहेका छौं । त्यसका कारण हाम्रो पक्षमा विद्यार्थी साथीहरुको व्यापक मत हुनेछ र त्यही नै हाम्रो जित्ने आधार हो । 

आन्तरिक प्रतिश्पर्धामा पनि अब्बल हुन सक्नुपर्छ, तपाँइ नै उमेद्वार हुनुपर्छ भन्ने के छ र ?

यहाँ संगठनलाई कसरी स्थापित गर्ने भन्ने महत्वपूर्ण कुरा हो । हाम्रो क्याम्पसका पनि केही दिन अघि सम्म अन्य केही साथीहरुले पनि आकांक्षा राख्नुभएको सुनिएको हुनसक्छ । तर यो परिस्थितिमा हामी एकमना एकताका साथ मैदानमा ओर्लिसकेका छौं । 

मेरा सहपाठी एवं अत्यन्त प्रिय साथी नविन विष्ट रोहन नै संगठनले अघि सारेको साथीलाई प्रश्तावक बस्न तयार भइसक्नु भएको छ । संगठनका महासचिव ऐन महर र सचिवालय सदस्य खेम मरासिनीले नै हाम्रो क्याम्पसमा विशेष ‘वाच’ गर्नुभएको छ । क्याम्पस कमिटीका अध्यक्ष राजनकुमार रोकाय, उपाध्यक्ष अमित महर, सचिव बद्रीविक्रम खतिवडा,सहसचिव ध्रुव वास्तोला, पवन सिंह, अष्टमान लो, नारदमुनि सिग्देल, आकाश खनाल, कोषाध्यक्ष निराजन खतिवडा लगायतका सबै सबै साथीहरु मेरो पक्षमा खुलेर लागिसक्नुभएको अवस्था छ । 

मैले नै लगातार क्याम्पसलाई माया गरिरहेको, संगठनको शिर उच्च पारेको र साथीहरुसंग समन्वय गरेर अघि बढीरहेको अवस्थाका कारण पनि अहिले त्यहाँ साथीहरु भन्दैछन् कि पव्लिक युथ क्याम्पसमा यो पटकका लागी दामोदर फुयाँल प्रज्वलको ‘विकल्प’ छैन । 


क्याम्पसमा तहमा तपाँइहरुले उठाउनुपर्ने अन्य एजेण्डा के के देख्नुभएको छ ?

पव्लिक युथ क्याम्पस भनेको उपत्यकाको आङ्गीक क्याम्पस मध्येको एउटा ठुलै आङ्गीक क्याम्पस मानिन्छ । यहाँ अहिले लगभग ६ हजार विद्यार्थी अध्ययनरत छन् । यो क्याम्पसमा व्यवस्थापन संकाय तर्फ विविएस, एमविएस, विटिटिए र विविए पढाइ हुन्छ । 

हाम्रो व्यवस्थापनको क्याम्पस भएको हुनाले गरिव जनताको छोराछोरीहरु पनि पढ्न आउने हुनाले हामीले विद्याथीहरु सरकारी क्याम्पसबाट पढ्न आएका हुन्छन् । विद्यार्थीहरुलाई पढ्नका निम्ति नेपाली माध्यम र अंगे्रजी दुबै भाषाबाट पढाउन माग गरेका छौं । यसवाहेक विद्यार्थी कल्याणका अन्य कार्ययोजनाहरु पनि हामीले बोकेका छौं । 


तपाँइ टिकट पाएमा कसरी अघि बढ्नुहुनछ त ?

टिकट पाएमा होइन म त पाएकै जसरी लागिसकेको अवस्था हो । अनेरास्ववीयु संगठनहरुको पनि नेता संगठन हो । अनेरास्ववीयुका प्रत्येक सिपाही अरु संगठनको कमाण्डर बराबर हुन्छन् । त्रि.वि.ले स्ववियुमा उम्मेदवार बन्न २८ वर्षभन्दा कम उमेर हुनुपर्ने र नियमित अध्ययन गरिरहेका विद्यार्थी हुनुपर्ने मापदण्ड तोकेको छ । यो दुवै मापदण्ड यहाँ रहेका मध्ये सिमित साथीहरु छौं । सोही भित्र म पर्दछु । 

हाम्रो  क्याम्पसमा अनेरास्ववीयुका तर्फबाट म सचिव हुँदाका हाम्रा आदरणीय नेता हुनुहुन्छ खेम मरासिनी । उहाँले निरन्तर रुपमा मलाई हरेक कुरामा सपोर्ट गर्दै आइरहनु भएको छ ।  म प्राक अध्यक्ष हुँदा यसअघि तोकीएको स्ववियु निर्वाचनका बेला निर्विवाद ढंगले उहाँलाई नै मैले सबैभन्दा पहिले हाम्रो उमेद्वारका रुपमा निर्णय गराएको थिँए । उहाँले पनि यो बेला त्यस्तै सहयोगभाव देखाउनु भएको मैले महशुस गरेको छु । 

यहाँका अग्रज नेताहरु मध्ये कोही को उमेर २८ कट्यो कोही नियमित विद्यार्थी छैनन् । आदरणीय अग्रज नेताहरु स्ववीयुमा उठ्ने आधार भएको भए मैले दावी गर्ने थिइन । 

यो क्याम्पसमा अखिलमा काम गर्नुभएका अग्रजहरु योगेन्द्र बोहोरा, कमलराज अधिकारी, राजनकुमार आचार्य, सज्जन सिलवाल, विकास भण्डारी, विनोद अधिकारी, जीवन तिवारी, मनोज चिलवाल, नारायण पाण्डे पशुपति खतिवडा,रत्न सिंह  लगायतका धेरै नेताहरु हुनुहुन्छ । उहाँहरुलाई मैले यतिबेला सम्झीरहेको छु । उहाँहरु सबैको साथ सहयोग म प्रति छ ।

भरोसा पनि छ । त्यस्तै क्याम्पसका मेरा अग्रज साथीहरु बिनोद अधिकारी, रमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, दीपक लोहनी, आदित्य लोहनी, शंकर खतिवडा, शोभा थापा, अम्विका प्याकुरेल, साजन सिलवाल, रिसीकेश न्यौपाने, प्रेम थापा, अशोक खतिवडा, विनय श्रेष्ठ, जीवन श्रेष्ठ, अच्युत तिमल्सीना, सतीश मरासिनी र नरेश न्यौपाने, नारायण पाण्डे तथा झलक सुबेदी लगायतले पनि नेविसंघसंग जुझ्न सक्ने तपाँइजत्तिको मान्छे अघि बढ्दा हाम्रो पूर्ण सहयोग हुन्छ भनेर अगाडी बढ्न हौसला दिइरहनु भएको छ ।

मैले भूगोलमा अनेरास्ववीयुका काम गरेको हिसावले, अनेरास्ववीयुको आन्दोलनको हरेक मोर्चामा सहभागी भएको नाताले, विद्यार्थीमाझ लोकप्रिय भएकोले, स्ववियु चलाउने क्षमता भएकोले आमविद्यार्थीहरुको सर्मथन र अग्रज नेताहरुको प्रस्तावमाा संगठनलाई विजयी बनाउनको लागि पनि मलाई अनेरास्ववीयुले स्ववीयु सभापतिको उम्मेदवार बनाउँछ भन्नेमा विश्वास छ । 

स्ववियु निर्वाचनमा अनेरास्ववीयुलाई किन मत दिने ?

हाम्रो संगठन अनेरास्ववियु स्ववियुको वकालत गर्ने पहिलो सङ्गठन भएकोले अनेरास्ववीयुलाई विद्यार्थीले मत दिन्छन् भन्नेमा हामी विश्वस्त छौं । पछिल्लो समय चकिँदै गएको राष्ट्रियताको मुद्दामा हाम्रो पार्टी नेकपा एमालेले खेलेको भूमिकामा अनेरास्ववीयुको ऐक्यवद्धता देखेर पनि विद्यार्थीहरुले अनेरास्ववीयुमा मतदान गर्छन् । 

हामीले उठाइरहेको मुद्दा आफुले हासिल गरेको शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनपाउनुपर्ने मुद्धालाई कार्यान्वयन गराउने निमित्त पनि विद्यार्थीहरुले अनेरास्ववीयुमा मतदान गर्छन् । हामीले समतामुलक शिक्षाको एजेण्डा उठाएका छौं जसका लागि पनि विद्यार्थीहरुले अनेरास्ववीयुलाई मतदान गर्छन् ।

त्रि.वि.को शैक्षिक क्यालेण्डरको पूर्ण कार्यान्वयन गराउनको लागि पनि अनेरास्ववीयुमा मतदान गर्छन् । विश्वविद्यालय र क्याम्पसमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको रोजगारी सृजना गर्ने निति निर्माणमा जोड पनि विद्यार्थीले अनेरास्ववीयुमा मतदान गर्छन् । परीक्षा प्रणाली सुव्यविस्थत गराउन पनि अनेरास्ववीयुलाई स्वीकार निर्वाचनमा मतदान गर्छन् । 

त्यस्तै पिछडिएको, द्धन्दपिडित महिला, आदिवासी मधेशका विपन्न समुदायका विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरी विश्वविद्यालय शिक्षामा त्यस समुदायको पहँच वृद्धि गर्नेपनि स्ववीयु निर्वाचनमा विद्यार्थीले अनेरास्ववीयुलाई मतदान गर्छन् । 

अन्य राम्रा काम के के भएका छन् ?

अनेरास्ववीयु नेतृत्वमा भएको यातायातमा ४५ प्रतिशत छुट, स्वास्थ्य र मनोरञ्जनमा ५० प्रतिशत विद्यार्थी सहुलियत हाम्रो उपलब्धी हुन् । विनाशकारी भूकम्पपछि सयौं विद्यालयको मर्मत संभार तथा पुर्ननिर्माण गरी दुखको घडीमा खेलेको स्वयमसेवी भुमिका सबैको सामु प्रष्ट   छ । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको आन्दोलन, नाकावन्दी विरुद्धको शसक्त प्रतिरोध आन्दोलन लगायतको अनेरास्ववीयुको भुमिका हेरेर पनि विद्यार्थीहरुले स्ववीयु निर्वाचनमा अनेरास्ववीयुमा मतदान गर्छन् ।

 र विश्वास गरौं यो पटक अनेरास्ववियुले देशैभरीका करिव ७० प्रतिशत क्याम्पसमा आफ्नो वर्चश्व कायम गर्नेछ ।






0 comments

Write Down Your Responses

pfizer vaccine