Powered by Blogger.
चलचित्र ‘ब्वायफ्रेण्ड’को प्राबिधिक कार्य अन्तिम चरणमा


काठमाडौं, १ फागुन । चलचित्र ‘ब्वायफ्रेण्ड’को प्राबिधिक कार्य अन्तिम चरणमा पुगेको  छ । 

बुढाथोकी फिल्म प्रोडक्सन प्रालिको लागि प्रस्तुतकर्ता सुर्य बुढाथोकी र  निर्माता कृष्ण खनाल हुन् भने सहनिर्मातामा प्रविण थापा रहेका छन् । 

यस चलचित्रमा मोहन निरौला, सरोज खनाल,  मञ्जु श्रेष्ठ, पुष्कर रेग्मी, महिमा सिलवाल, सोनम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी,  कृष्ण खनाल, शुक बहादुर बम्जन, शेखर के.सी., पवन खनाल, सुष्मा तामाङ, आयुष्मा खतिवडा, प्रविण थापा लगायतका कलाकारको संलग्नता रहेको छ । 

भोजपुरी गीत समावेश गरेर नौलो स्वाद दर्शकसामू पस्किन खोजेको मात्र नभएर चलचित्र समसामयिक, सन्देशमूलक भएकोले व्यवसायिक रुपमा पनि सफल हुने निर्देशक मदन घिमिरेको भनाई छ । 

यसमा द्धन्द शंकर महर्जन, संगीत टंक बुढाथोकी, नृत्य पुर्णम राई, श्रृंगार सङ्गीता लामा, क्यामारा कृष्ण श्रेष्ठको रहेको छ ।

0 comments

Write Down Your Responses