Powered by Blogger.
त्रिवि कर्मचारी संगठनमा छत्रको समुह विजय नजिक


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुलाई चुनावी चटारो परेको छ । भोली फागुन ५ गते त्रिवि कर्मचारी संघको ११ औं निर्वाचनका लागि प्रगतिशील पेशाकर्मीहरुको तर्फबाट केन्द्रीय कार्यालय किर्तिपुरमा कार्यरत छत्रबहादुर कार्की चुनावी मैदानमा आएका छन् । 

कार्कीको नेतृत्वमा त्रिवि प्रगतिशील कर्मचारी संगठनले आफ्नो टिम चुनावी मैदानमा अघि सारेको छ । सो टिममा वरिष्ठ उपाध्यक्षमा शाक्यमुनी नेपाली, उपाध्यक्षमा दिनानाथ दाहाल, शिवहरी थापा, इन्द्रकुमारी प्रधान, पैकराम पासी र रामजीबहादुर खड्का रहेका छन् भने महासचिवका प्रत्यासीमा ध्रुवप्रसाद रिमाल, सचिव भुपेन्द्र लामा, कोषाध्यक्षमा सुनीलकुमार खनाल र सदस्यहरुमा कमला अधिकारी, सिर्जना महर्जन, किशोरीप्रसाद यादव, नवराज बास्तोला, न्हुछेनारायण श्रेष्ठ, बिरेन्द्रप्रसाद यादव, विष्णुप्रसाद घिमीरे, रामबहादुर मगर, रामेश्वरी बासुकला, लक्ष्मी न्यौपाने र हर्के खडायत भिड्दैछन् ।

सो समुहले विश्वविद्यालयको समग्र सुधार आफ्नो पहिलो एजेण्डाका रुपमा अघि सारेको छ भने कर्मचारी हक हितका कुराहरुलाई पनि प्राथमिकता दिएको छ ।

देशैभरीका गरी करिव ६ हजार मतदाता रहेको त्रिवी कर्मचारी संघमा यसअघि पनि प्रगतिशील पक्षको अग्रता रहँदै आएको छ । 

कार्की नेतृत्वको समुहले कर्मचारीहरुको वृति विकास, श्रेणीविहिनहरुको सेवा सुरक्षा र स्थायित्व, अवधि पुगेका कर्मचारीहरुको नियमित बढुवा लगायताका मुद्दा अघि सारेको छ । 

0 comments

Write Down Your Responses