Powered by Blogger.
बानियाँद्वारा पत्रकार महासंघ मकवानपुरलाई आर्थिक सहयोग

हेटौडा ,५ फाल्गुन / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा नेपाल पत्रकार महासंघ मकवानपुरलाई आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन मकवानपुरले विहिबार महासंघमा कार्यक्रम गरि बानियाँँले आफुुले पाउने सेवासुविधाबाट गरेको सहयोग हस्तान्तरण गरेको हो ।

युनियनका मध्यमाञ्चल संयोजक राममणी दाहाल र उपाध्यक्ष सविन न्यौपानेले संयुक्त रूपमा महासंघका अध्यक्ष महेन्द्र श्रेष्ठलाई नगद १ लाख ५ हजार रूपैयाँ हस्तान्तरण गरेका छन् । युनियनका जिल्ला अध्यक्ष रूपेश दुलालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मध्यमाञ्चल संयोजक दाहाल, महासंघ अध्यक्ष श्रेष्ठ र युनियन उपाध्यक्ष न्यौपानेले राज्यमन्त्री बानियाँबाट प्राप्त सहयोगले मकवानपुरका पत्रकारको बृत्तिविकासमा योगदान पुग्ने बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष गिरिजा अधिकारी, सचिव कृष्ण सारू मगर, युनियनका सचिव कुमार अधिकारी, महासंघ र युनियनका कार्यसमिति सदस्य र संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses