Powered by Blogger.
पत्रकार महासंघ काठमाडौंमा बिडारी र पोखरेलकोे निर्णय


काठमाडौं, १५ फागुन । नेपाल पत्रकार महासंघमा आगामी कार्यकालका लागि दामन पोष्ट साप्ताहिकका प्रकाशक तथा सम्पादक शन्तराम बिडारीले उमेद्वारी दिनुहुने भएको छ । 

आइतबार काठमाडौंमा सम्पन्न छलफलपछि उक्त निर्णय भएको हो । प्रेस चौतारी नेपाल जिल्ला समिति काठमाडौंले बिडारीको नेतृत्वमा महासंघमा उमेद्वारी दिने निर्णय गरेको जिल्ला अध्यक्ष लोकेन्द्र केसीले जानकारी दिए ।

यसैगरी बैठकले उपाध्यक्षमा महासंघका वर्तमान कोषाध्यक्ष सिता पोखरेललाई अघि सारेको छ । यसबाहेकका अन्य पदहरु भने चौतारीले अन्य संगठनसंगको छलफलपछि मात्र टुङ्ग्याउने भएको छ । 

बैठकले महासंघलाई साझा संस्थाको रुपमा सहमतिका साथ अघि बढाउन सबै संघ संगठनसंग वार्ता तथा छलफल गरी अघि बढ्ने निर्णय गरेको छ ।


0 comments

Write Down Your Responses