Powered by Blogger.
कैलाश गाउँपालिकाको ३ वडाको संयुक्त वडा भेला सकियो

मकवानपुर, १४ फाल्गुन / नेकपा माओवादी केन्द्र मकवानपुरको कैलाश गाउँपालिका अन्तर्गत वडा नम्वर नं. ९, १० र ११ को संयुक्त वडा भेला शनिबार सम्पन्न भएको छ । पार्टी ज्येष्ठ सदस्य मदन वर्तौलाको अध्यक्षतामा भएको भेलामा पार्टी पोलिट्व्यूरो सदस्य तथा मकवानपुर संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’ को प्रमुख आतिथ्यता रहेको  थियो । वडा नम्वर ९ मा दीपक गोलेको अध्यक्षतामा १७ सदस्यीय कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा निर्मला गोङ्वा, सचिव कारसाङ रुम्वा, कोषाध्यक्ष सिताराम रुम्बा चयन भएका छन् । त्यसैगरी वडा नम्वर १० मा डवल गोलको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा राधिका स्याङतान, सचिव कृष्णबहादुर , कोषाध्यक्षमा बुद्धिमाया घलान चयन भएका छन् । त्यसैगरी ११ नम्वर वडामा राजेन्द्र सिङतानको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन भएको छ । जसको उपाध्यक्ष बुद्धिलाल सुनार, सचिव मानबहादुर छुमी, कोषाध्यक्षमा जनक लोप्चान चयन भएको पार्टी प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए । कार्यक्रममा पार्टी कार्यालय सदस्य तथा युवा फयाक्सन इन्चार्ज प्रकाश पाण्डे, भिमफेदी गाउँपालिका इन्चार्ज प्रमिला लामा, कैलाश गाउँपालिका इन्चार्ज बालकुमार मल्ललगायतको आतिथ्यता रहेको थियो ।  

0 comments

Write Down Your Responses