Powered by Blogger.
सांसद बिडारीको आतिथ्यतामा माओवादी केन्द्र प्रवेशको लहर


पालुङ, १६ फागुन । नेकपा (माओवादी केन्द्र) प्रस्तावित थाहा नगरपालिका वडा नं. ८ र ९ को संयुक्त वडा सम्मेलन आग्राको मोरियामा सम्पन्न भएको छ । 

सम्मेलनले वडा नंं ८ को इन्चार्जमा सोनाम सिहं मोक्तान र अध्यक्षमा दिपेन्द्र कुमार थिङ सहित २१ सदस्यीय वडा कमिटि चयन गरेको छ ।

त्यस्तै वडा नं. ९ मा टिकाराम रुम्बा इन्चार्ज र अध्यक्षमा सुमन कार्की सहित २१ सदस्यीय वडा कमिटि गठन गरेको छ । माओवादी केन्द्र आग्रा गाउँ कमिटि संयोजक सोनाम सिं मोक्तानको अध्यक्षता तथा सांसद राम नारायण बिडारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्रपा, एमाले र नयाँ शक्ति पार्टी परित्याग गरि दर्जनौ कार्यकर्ता पार्टी प्रवेश गरेको वडा नं. ८ का अध्यक्ष दिपेन्द्र कुमार थिङले जानकारी दिए । 

सम्मेलनले मनिकलाल घलानको अध्यक्षतामा २१ सदस्यीय नौ नम्बर वाइसिएल वडा कमिटि समेत गठन गरेको छ ।




0 comments

Write Down Your Responses