Powered by Blogger.
काठमाडौं शाखाबाट सात पत्रकार पुरस्कृत हुँदै


काठमाडौँ, फागुन १८ गते । नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाले शाखामा आबद्ध दिवङ्गत पत्रकारको स्मृतिमा स्थापित सातवटा पुरस्कार पत्रकारिता क्षेत्रमा सक्रिय विभिन्न पत्रकारलाई दिने निर्णय गरेको छ । 

शाखाका अध्यक्ष गोविन्दप्रसाद चौलागार्इंको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले जसुदा स्मृति पत्रकारिता पुरस्कार पवन थापा ‘कुन्तल’लाई, अग्नितारा पत्रकारिता पुरस्कार गगन विष्टलाई, वासुदेव स्मृति पत्रकारिता पुरस्कार प्रल्हाद रिजाललाई, अशोक स्मृति पत्रकारिता पुरस्कार करुण अर्याललाई, शक्ति स्मृति पत्रकारिता पुरस्कार धनबहादुर मगरलाई, डम्बर गिरी स्मृति पत्रकारिता पुरस्कार तेजेन्द्र प्रसाईंलाई र शोभा शाह स्मृति पत्रकारिता पुरस्कार उषा लोहनीलाई दिने निर्णय गरेको छ । 

अध्यक्ष चौलागार्इंले चैत १ गते हुन गइरहेको शाखाको दशौं अधिवेशनमा नेतृत्व चयनका लागि वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । समितिमा निमकान्त पाण्डे र जय त्रिपाठी सदस्य रहनुभएको छ ।

यसैगरी बैठकले अस्वस्थ भई हाल विभिन्न अस्पतालमा उपचाररत शाखाका सदस्यलाई सोही दिन आर्थिक सहयोग प्रदान गर्ने निर्णयसमेत गरेको छ । 

विसं २०६८ सालमा स्थापित पत्रकार स्वास्थ्य उपचार कोषअन्तर्गत विभिन्न पत्रकारलाई आर्थिक सहयोग गरिँदै आएको छ ।


0 comments

Write Down Your Responses