Powered by Blogger.
हरि हुमागाई नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा निर्वाचित

मकवानपुर,१८ फाल्गुन /  नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा हरि हुमागाई निर्वाचित हुनु भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको १० औँ अधिवेशनले आगामी ३ वषर््िाय कार्यकालका लागि भएको निर्वाचनमा प्रेस सेन्टर नेपालकी नानीमैयाँ विष्टलाई ३ मतले पराजित गर्दै प्रेस चौतारी मकवानपुरबाट हुमागाई निर्वाचित भएका हुन् ।
हुमागाईले ४२ मत प्राप्त गर्नु भएको थियो भने उहाँको प्रतिद्धन्दी विष्टले ३९ मत प्राप्त गर्नु भएको थियो । अध्यक्षका अर्का प्रत्यासी स्वतन्त्र उमेद्वार गिरीजा अधिकारी ले ३१ मत प्राप्त गर्नुभयो ।
 त्यस्तै उपाध्यक्षमा कुमार अधिकारी, महिला उपाध्यक्षमा सरिता दाहाल, सचिव गणेश दर्पण अधिकारी,सह—सचिव धमेन्द्र दाहाल, समावेशी सह—सचिव शुभ लक्ष्मी विश्वकर्मा,कोषाध्यक्ष सुदिप सिवाकोटी, कार्यसमिति सदस्यहरुमा सुवास विडारी,कपिल खड्का,असोक सुजन श्रेष्ठ,एम.पी शर्मा, केशव सर्मपण सुवेदी, पुष्पराज अधिकारी,जनजातिमा चन्द्र घलान, कार्य समिति सदस्य महिलामा सरला अधिकारी, निर्वा्चित भएका छन् ।
दलित सदस्यमा रुपक कालिराज र मधेशीमा मनिल महतो निर्विरोध भएका छन् । त्यस्तै १२ केन्द्रिय पार्षदमा प्रताप विष्ट, महेन्द्र श्रेष्ठ, नरेन्द्र सापकोटा,सुनिल खड्का, भानुभक्त आचार्य, राजन दाहाल खुसराज, धु्रव अधिकारी, दिपक अधिकारी, होम कार्की निर्वा्चित भएका छन् भने ३ महिला केन्द्रिय पार्षद निर्विरोध भएका छन् । भावना रिजाल, सरस्वती अधिकारी र सम्झना कार्की निर्विरोध भएका हुन् ।
त्यस्तै १६ प्रदेश पार्षद निर्विरोध भएका छन् । सविन न्यौपाने, शिव कुमार रिजाल,नुजाता सुवेदी, रंजिता डंगोल, राजन दाहाल, मणिराज गौतम, रुपेश दुलाल, कृष्ण सारु मगर, माधव न्यौपाने, ज्योती न्यौपाने,सुरेन्द्रमान प्रधान, ऋषि के.बि, छविलाल श्रेष्ठ, शान्ती सुनार, पूर्णिमा गोले र राजकुमार के.सी निर्विरोध भएका हुन् ।

0 comments

Write Down Your Responses