Powered by Blogger.
नेपाल बाल संगठन, मकवानपुर शाखाको छैठौं जिल्ला अबिधेशन सकियो

मकवानपुर,२९ माघ / नेपाल बाल संगठन, मकवानपुर शाखाको छैठौं जिल्ला अबिधेशन आज सम्पन्न भएको छ । संस्थाका कार्यबाहक सभापति रमेश गिरीको अध्यक्षता तथा हेटौडा सिमेन्ट उधोग लिमिटेडका अध्यक्ष रघुरमण न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
२०२१ सालमा स्थापना भई २०२४ सालमा उद्घाटन भएको उक्त संस्थाले बिशेष गरी आमा बाबु दुबै गुमाएका बालबालिकाको क्षेत्रमा रहेर देशैभरी काम गर्दै आएको छ ।
 कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले बालबालिकाको नैसर्गिक अधिकार शिक्षा र स्वास्थ्यमा बिशेष ध्यान दिन सके यस्ता संस्थाहरुको गरीमा उच्च हुने तथा बाल बालिकाको क्षेत्रमा काम गर्ने यस्ता संस्थाहरुले शहरउन्मुख भन्दा पनि गाउँ उन्मुख भएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
७५ जना सदस्य रहेको उक्त संस्थाले आजै कार्यबाहक सभापति रमेश गरीको अध्यक्षतामा ८ सदस्सीय नयाँ कार्य समिति समेत चयन गरेको छ । कार्यक्रममा समाजसेवी गणेश कुमार श्रेष्ट,दिपक दाश श्रेष्ट,राम आधार पाण्डे लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses