Powered by Blogger.
महोत्सवको आज समापन, आर्थिक लक्ष्य पूरा

मनहरी–तेस्रो मनहरी महोत्सव २०७३ को आज बुधवार समापन हुँदैछ । माघ १६ गतेदेखि निरन्तर सञ्चालन गरिएको महोत्सवको समापनसँगै सम्पूर्ण रुपमा आर्थिक लक्ष्य हासिल गरिएको आयोजकले जनाएको छ ।
आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अनुसार महोत्सवमा ५ करोडको कारोबार भएको छ । यहाँ राखिएका ट्रेक्टरका दुई कम्पनीका स्टलहरुले ट्रेक्टर बिक्रीमा सफलता हासिल गरेसँगै आर्थिक कारोबारको लक्ष्य हासिल गरिएको हो ।
महोत्सव मूल आयोजक समितिका संयोजक गोविन्द रिजालका अनुसार अटोसँगै यहाँ राखिएका बाल उद्यान, होटल, तयारी पोशाक, कृषि तथा अन्य स्टलहरुमा लक्ष्य अनुरुपकै कारोबार भएको छ । महोत्सवमा कृषि मेला समेत आयोजना गरिएको थियो ।
माघ १४ गतेदेखि सुरु हुने भनिएको महोत्सव हावाहुरीका कारण स्टल तथा मञ्च भत्किएपछि माघ १६ गतेदेखि सञ्चालनमा आएको थियो । यो अबधिमा राष्ट्रिय स्तरका कलाकारहरुले हरेक दिन सांस्कृतिक÷सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो भने स्थानीय कलाकारहरुले आफ्ना प्रतिभा देखाउन पाएका थिए । महोत्सवमा कूल २ सय वटा स्टलहरु राखिएका थिए ।

0 comments

Write Down Your Responses