Powered by Blogger.
नयाँ शक्ति जिउँदो माछा : डा भट्टराई

 हेटौँडा २६ माघ,। नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नो पार्टीलाई पानि विपरित बग्ने जिउँदो माछाको संज्ञा दिनुभएको छ । मकवानपुर जिल्ला पार्टीको संगठन विभागले बुधबार हेटौंडामा गरेको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अरु पार्टी मरेको माछा सँगै पानीको बहाब सँगै बग्ने र नयाँ शक्ति पार्टी जिउँदो माछा भएकोले पानी विपरित बग्ने बताउनुभएको छ ।  हामी नयाँ हुनुप¥यो, पुरानै कुरा गर्ने नयाँ परिणाम खोज्ने पागलपन हामी गर्न हुदैन भन्दै संयोजक डा भट्टराईले विकास र समृद्धि नै हाम्रो लक्ष्य रहेको स्पष्ट पार्नुभयो । जिल्लाका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिदै नेता भट्टराईले पुजी र श्रमलाई समान रुपले अघि लैजान सके आर्थिक समृद्धि हुने बताउनुभयो । ५ स बारेमा कार्यकर्तालाई प्रशिक्षित गर्दै नेता भट्राईले राष्ट्रियताको पक्ष, जनतालाई सशक्त बनाउदै लोकतन्त्रको व्यवस्थापन  गरि आर्थिक विकास र समृद्धिको बाटो नै नयाँ शक्ति पार्टीको लक्ष्य रहेकोमा कार्यकर्तालाई स्पष्ट रहन आग्रह गर्नुभयो । भट्टराईले पार्टीमा दुईपटक भन्दा बढि कोहि कार्यकारी नरहनेर ७० वर्ष कटेपछि कार्यकारी पदमा नरहने भन्दै यूवाशक्तिलाई कार्यकारी पदमा लैजाने बताउनुभयो । पार्टीको ६ महिने घरघरमा नयाँ शक्ति अभियान अन्तर्गत ३ लाख भन्दा बढि पार्टी सदस्य बनाउने लक्ष्य रहेकोले त्यसमा लाग्न कार्यकर्तालाई नेता भट्राईले निर्देशन दिनुभयो । भट्टराईले स्थनिय, प्रदेश र केन्द्र तिन तहकै निर्वाचन हुुनुपर्ने जिकिर गर्दै त्यसको लागि आवश्यक तयारीमा रहन समेत कार्यकर्तालाई निर्देशन दिनुभयो । नेता भट्टराईले कार्यकर्तालाई हिमाल चढ्ने लक्ष्य लिएर कमसेकम नाम्चेबजार सम्म पुग्न सकिने भन्दै हौसला दिनुभयो ।
  नयाँ शक्ति पार्टी नेपाल केन्द्रिय सह संयोजक रामचन्द्र झा, ३ नं प्रदेश संयोजक गंगानारायण श्रेष्ठ तथा हरिराम रिमालले प्रशिक्षण दिनुभएको कार्यक्रममा ३ नं प्रदेश सह संयोजक सोनाम सिं स्याडतान, कार्यकारी सदस्य सबिना अर्याल, अमर लामा, प्रल्हाद लामिछाने, विवेक वाइवा, जीवन मान मोक्तान ज्योति रायमाझि लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै बुधबार नै भट्टराईले पत्रकार भेटघाट, उद्योग बाणिज्य संघका प्रतिनिधि, स्वास्थ्यकर्मीको टोली र विद्यार्थीको टोलीसंग समेत छुट्टा छुट्टै भेट गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses