Powered by Blogger.
अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिति गठन

वीरगन्ज,२६ माघ / नेपाल पत्रकार महासंघ पर्सा शाखाको यही फागुन १७ गते हुने एघारौं जिल्ला अधिवेशन सफल बनाउनका लागि निर्वाचन समिति गठन गरिएका छ । 
आज नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा सम्पन्न भएको शाखाको चौंधौं बैठकले यस्तो निर्णय गरेको हो । शाखाको अधिवेशन सम्पन्न गर्नका लागि शाखाका साधारण सदस्य एवम् बरिष्ठ पत्रकार जगदिश शर्मा मुख्य निर्वाचन अधिकृत रहने गरी तीन सदस्यीय समिति बनाउने निर्णय गरेको नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालले जानकारी दिनुभयो । निर्वाचन अधिकृतको रुपमा भने शाखाका साधारण सदस्य एमव् अधिवत्ता बीरेन्द्र यादव र बार एसोशिएनका एकजना सदस्यहरुलाई अनुरोध गर्ने निर्णय भएको छ । 
यसरी नै अधिवेशनका लागि तयारी समितिको रुपमा कार्य समिातिलाई नै जिम्मा दिने निर्णय भएको छ भने संगठनिक तथा आर्थिक प्रतिवेदनका लागि सचिव कृष्णउदास खनाल र कोषाध्यक्ष अनुप तिवारीलाई जिम्मा दिने निर्णय समेत भएको छ । बैंठकले शाखाका पूर्व अध्यक्ष स्वर्गीय गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कारको छनौट समिति गठनको जिम्मेवारी भने पदाधिकारीलाई दिने निर्णय गरेको छ । शाखाका अध्यक्ष श्याम बन्जराको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । 

0 comments

Write Down Your Responses