Powered by Blogger.
व्यक्तिको लगानीमा सडक निर्माण हुँदै

मनहरी,२६ माघ / मकवानपुरको विकट राक्सिराङ गाविसका चेपाङ बस्तीमा मोटर पु¥याउनका लागि समाजसेवी सुन्दर थापाले व्यक्तिगत लगानी गर्ने भएका छन् ।
काठमाडौ निवासी समाजसेवी पास्टर सुन्दर थापाले व्यक्तिगत लगानीमा बाटो निर्माण सुरु गरेका हुन् । उनले आफ्नो तर्फबाट ५ लाख रुपियाँ लगानी गरी बाटो निर्माणका कार्य अघि बढाएका हुन् । राक्सिराङ गाविस ८ स्थित जिर्खीडाँडा, इन्चराङ हुँदै ताम्सालिङमार्ग जोड्ने र सानोलापुर हुँदै गाविसको कार्यालयसम्म जोड्ने गरी बाटो निर्माण थालिएको हो ।
बाटो निर्माण कार्यको सुरुवात मंगलबार बिहान एक समारोहका बीच गरियो । पूर्व सभासद एबम् नेपाल चेपाङ संघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य बिष्णुराम चेपाङ, समाजसेवी नौरमान चेपाङ, रामकृष्ण चेपाङ लगायतको सहभागिता र उपस्थितिमा बाटो निर्माण थालिएको हो ।
बाटो निर्माणपछि ३ सय घरपरिवार पहिलो चरणमा लाभान्वित हुने जनाइएको छ । बाटो निर्माणका लागि चन्द्र सिंह प्रजाको संयोजकत्वमा उपभोक्ता समिति निर्माण गरिएको छ ।

0 comments

Write Down Your Responses