Powered by Blogger.
लेकाली बसिफाँट मावि व्यवस्थापन समितिको अध्यक्षमा बिनोद लामा

नाम्टार,२६ माघ / नामटार गाविस वडा नम्बर १ मा रहेको श्री लेकाली बसिफाँट मावि व्यवस्थापन समितिको अध्यक्षमा बिनोद लामा निर्विरोध निर्वाचित हुनुभएको छ । संशोधित शिक्षा ऐन अनुसार बसिफाँट माविले नयाँ व्यवस्थापन समितिको चयन गरेको शिक्षक यश लामाले बताउनुभएको छ ।
बसिफाँट माविमा मंगलबार भएको अभिभावक भेलाले लामालाई निर्विरोध अध्यक्षमा निर्वाचित  गरेको हो । व्यवस्थापन समितिको सदस्यहरुमा संस्थापक मध्येबाट जाईटी नेपालको प्रतिनीधि, शिक्षक प्रतिनिधि यश लामा, शिक्षाप्रेमी मध्येबाट शान्ति रुम्बा तथा सोम बहादुर थिङ, इन्द्रकुमारी लामा, शान्ति रुम्बा ९बल० चयन भएका हुनुभएको छ । समितिको सदस्य सचिवमा प्रधानाध्यापक एलएल मण्डल रहनुभएको छ ।
नव निर्वाचित अध्यक्ष लामाले लेकाली बसिफाँट माविलाई आवासिय विद्यालयको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकोे छ । उहाँले विद्यालयलाई कक्षा १२ सम्मको स्तरोन्नतीकोलागि लागि पहल गर्ने बताउनुहुँदै विद्यालयमा भर्चुअल कक्षा संचालन गर्ने बताउनुभएको छ । कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आइएको बसिफाँटमा माथिल्लो कक्षामा पनि अङ्ग्रेजी माध्यम विस्तार गरिने अध्यक्ष लामाले बताउनुभयो । लामा यस अघि पनि दुई कार्यकाल लेकाली बसिफाँट माविको अध्यक्ष भईसक्नुभएको छ ।

0 comments

Write Down Your Responses