Powered by Blogger.
जनमुक्ति पार्टीले बुझाए स्मरण पत्र

हेटौंडा,२६ माघ / राष्ट्रिय जनमुक्ति पार्टी मकवानपुरले यस अघि माघ १ गते बुझाएको ज्ञापन पत्रको कार्यान्वयनको पहल सरकारबाट नभएको भन्दै पुनः स्थानिय प्रशासनमा २६ बु“दे माग सहितको स्मरण पत्र बुझाएका छन् । स्मरण पत्रमा यस अघि बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु कार्यान्वयनकालागि पुनःस्मरण गराएका छन् ।
उक्त स्मरण पत्रमा जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, विशेष क्षेत्र, संरक्षित क्षेत्र सहितको राज्य पुर्नसंरचना हुनु पर्ने माग गरिएको छ । त्यसैगरी राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गरिनुपर्ने तथा हाल भएको गाउ“पालिका नगरपालिकाका पुनर्संरचनाको कार्य रोक्नुपर्ने माग समेत उक्त पार्टीले गरेको छ ।
आफ्ना उल्लेखित उक्त मागहरु सम्बोधन नभएमा उक्त दलले सशक्त आन्दोलन तथा संघर्षका कार्यक्रम गर्ने जिल्ला कार्य समितिका सचिव युनेश लामाले जानकारी दिएको छ । उक्त पार्टीको स्थानिय प्रशासनमा देश व्यापी स्मरण पत्र बुझाउने कार्यक्रम अन्तर्गत मकवानपुरमा पनि बुझाइएको हो । जनमुक्तिले क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय मकवानपुर एवम् हेटौंडा उपमहानगरपालिकामा स्मरण पत्र बुझाएको हो । स्मरण पत्र बुझाउने कार्यक्रममा उक्त पार्टीका केन्द्रीय उपाध्यक्ष सोम बहादुर थिङ (सोविन), संघीय परिषद् सदस्य इन्द्रमान थिङ, जिल्ला कमिटी अध्यक्ष योग बहादुर भ्लोन लगायतको उपस्थिति रहेको थियो ।



0 comments

Write Down Your Responses