Powered by Blogger.
विद्यालयको शैक्षिक स्तर उन्नति लागि दान गर्नेहरूको घुईचो , ८ लाख ४५ हजार संकलन ।

माघ २६ हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८  चुरियामाई शिखरपानीमा अबस्थित चुरियामाई माध्यमिक विद्यालयको शैक्षिक स्तर उन्नति गरि कक्षा ११ संचालानार्थ आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको पाँचौ   दिनमा पनि दानबिर भक्तजनहरुको उत्साहजनक सहभागीता रहेको छ ।
 भक्तजनहरु भजनमा नाच्दै झुम्दै वातावरणलाई रोमाञ्चक र रमणीय बनाएका थिए । बिहानको नित्य पूजा पछि  कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा विद्यालयको स्तर उन्नतिको लागि मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का साम्सद अनन्त पौडेल बाट ३ लाख ५१ हजार प्रदान गर्नु भएको थियो । यसैगरी स्थानीय समाजसेवी हाल कामको शिलशिलामा कोरियामा रहनु हुने  मोतीलाल स्याङ्बोबाट ६६ हजार ६ सय ६६ , विद्यालयका शिक्षकहरु पुरुषोत्तम ढकालबाट ५१ हजार ५ सय ५५, शर्मिला गुम्मीबाट २४ हजार ४ सय ४४ , माधव रेग्मीबाट २३ हजार ३ सय ३३ , पबित्रा अधिकारीबाट २३ हजार ३ सय ३३, गीता बस्नेतबाट २२ हजार ५ सय ५५, बिना भोलनबाट ११ हजार १०  दान गर्नुभएको थियोे ।
यसैगरी शक्तिश्वरी मन्दिर संरक्षण समितिबाट १२ हजार ७ सय ७४ , स्थानीय समाजसेवीहरु देबी प्रसाद दङ्गालबाट ११ हजार १ सय ११ , कमला थिङबाट ११ हजार १ सय ११ , गोपी लम्सालबाट ११ हजार १ सय ५५ , बासुदेब खतिवडाबाट ११ हजार १ सय ११ ,कृष्ण बहादुर स्याङ्तानबाट ११ हजार ५ सय ६०  दान प्रदान गर्नुभएको थियोे । यसैगरी  महिला जनशक्ति सहकारी संस्थाबाट ११ हजार १ सय ११ दान प्रदान गरिएको थियो ।
कार्यक्रममा आफ्ना दिबङ्गत आफन्तहरुको चिर शान्तिको लागि फोटो राख्नुहुने मानुभावबाट रु २ हजार  , कलशबाट १२ हजार  चन्दा दाताहरुबाट संकलित रकम समेतगरि कुल जम्मा ८ लाख ४५ हजार ७ सय ३४ संकलन भएको जानकारी सप्ताह ज्ञानयज्ञका प्रचार संयोजक युक्तलाल बिश्वकर्माले जानकारी गराउनु भएको छ । राष्ट्रिय ख्याती प्राप्त विद्वान बाल ब्यास पण्डित  मुकुन्द नेपालज्युको बाचनकत्वमा तथा आचार्य पण्डित मनोज नेपालको पाठपारायणमा सङ्गीतमय भागवत कथा बाचन भएको थियो । कार्यक्रममा आकर्षक झाकी , नाटक र सङ्गितमय भजन  प्रस्तुत हुँदा भक्तजनहरु झुम्दै नाचेका थिए । भक्तजनहरुको उपस्थिति पनि अत्यन्तै बाक्लो  थियो ।

0 comments

Write Down Your Responses