Powered by Blogger.
मकवानपुर ग्याँस ब्यवसायी संघको चौथो बार्षिक साधारणसभा सम्पन्न

विवश अधिकारी
मकवानपुर,२९ माघ  / मकवानपुर ग्याँस ब्यवसायी संघको चौथो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । मकवानपुर ग्याँस ब्यवसायी संघका अध्यक्ष बिनोद मान श्रेष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्याँस ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष दिपक ढकालले १ लाख ३० हजार ८ सय ७३ रुपैयाँको आर्थिक बर्ष ७२÷७३ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव केशव प्रसाद मुडभरीले सचिवको प्रतिबेदन पेश गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि अर्यालले मकवानपुरका ग्यास ब्यवसायीहरुको समस्यालाई केन्द्रिय स्तरमा उठाउने बताउनुभएको छ । कार्यक्रममा ग्याँस बिक्रेता महासंघका केन्द्रिय सदस्य संतोष पौडेल, ग्याँस बिक्रेता महासंघ नवलपरासीका अध्यक्ष गोपाल ढकाल  ,मकवानपुर उध्योग बाणिज्य संघका कार्य समिती सदस्य अनिल अग्रबाल लगायतकाको सहभागीता रहेको थियो ।


0 comments

Write Down Your Responses