Powered by Blogger.
बालबालिकालाई झोला, शैक्षिक तथा खेल सामाग्री वितरण

हेटौंडा, ७ फागुन / हेटौंडा उपमहानगरपालिका वडा नम्बर २३ हर्नामाडीमा प्रजातन्त्र दिवस एवं नेपाली काँग्रेसको वार्षिक भेलामा शनिवार विद्यार्थीहरुलाई झोला, शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरिएको छ ।
वडा सभापति पुरुषोत्तम अधिकारीको सभाध्यक्ष्यता, जिल्ला सदस्यसुशान्तकुमार श्रेष्ठको प्रमूख आथित्यता एवं नगर सभापति आनन्दराम पराजुलीको विशेष आथित्यतामा भएको कार्यक्रममा ३० विद्यार्थीलाई झोला, ८५ विद्यार्थीलाई शैक्षिक सामाग्री तथा स्थानीय चारवटा क्लवलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा २९ जना विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

0 comments

Write Down Your Responses