Powered by Blogger.
आज ६७ औं प्रजातन्त्र दिवस, नेपाली काँग्रेस मकवानपुरले विभिन्न कार्यक्रम गरि मनायो

हेटौंडा, ७ फागुन / बिभिन्न कार्यक्रम गरी आज ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । दिवसको अवसरमा एकसय चार वर्ष लामो जहाँनियाँ राणा शासनको अन्त्य भई प्रजातान्त्रिक व्यवस्था सुरु भएको आजैको दिनको सम्झनामा ६७ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाली काँग्रेस मकवानपुरले ३५ गाविस, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको प्रत्येक वडामा वार्षिक भेला कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ को ९ वटा गाविस र हेटौंडा उपमहानगरपालिकाको ७ वटा वडामा पार्टीको वार्षिक भेला तथा अन्र्त्क्रिया कार्यक्रम गरिएको क्षेत्र नम्बर १ का सभापति दामोदर खनालले जानकारी दिनुभयो ।
त्यस्तै क्षेत्र नम्बर २ मा रहेका १४ गाविस र थाहा नगरका १५ वडामा काँग्रेसको बार्षिक भेला गरी प्रजातन्त्र दिवस मनाइएको क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति यतिराज सापकोटाले जानकारी दिनुभएको छ ।
काँग्रेसको क्षेत्र नम्बर ३ अन्र्तगत हेटौंडा उपमहानगरपालिकाका २२ वटा वडामा विविध कार्यक्रम गरी काँग्रेसको भेला तथा प्रजातन्त्र दिवस मनाइएको ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईले बताउनुभएको छ भने क्षेत्र नम्बर ४ अन्र्तगतका १२ वटा गाविसमा पनि काँग्रेसको वार्षिक भेला सम्पन्न गरिएको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति लोक मुक्तानले बताउनुभयो ।
प्रत्येक गाविस तथा नगरका वडामा जिल्लाबाट खटाइएका प्रतिनिधी तथा पार्टी जिल्ला पदाधिकारीहरुको उपििस्थति रहेको थियो ।
यसैविच
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा प्रजातन्त्र दिवस एवं नेपाली काँग्रेसको वार्षिक भेलामा शनिवार दुईजनालाई सम्मान गरिएको छ ।
वडा सभापति रामहरि तिमल्सिनाको सभाध्यक्ष्यता, निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपानेको प्रमूख आथित्यतामा भएको सम्मान कार्यक्रममा पूराना काँग्रेस ९२ वर्षका टिकादत्त पौडेल र ६ नम्बरका निवर्तमान सभापति गोपाल दुलाललाई पार्टीलाई पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।


कार्यक्रममा जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, जिल्ला प्रतिनिधी उत्सव इटेनी, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, गोपाल दुलाल, होमनाथ गौतम, शिक्षक संघका अर्जुन चौलागाई, महिला संघकी लक्ष्मी श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses