Powered by Blogger.
तरुणको हेटौंडा १६ मा भेला,विभिन्न पार्टी परित्याग गरी १ सय १३ जना तरुणमा प्रवेश

हेटौडा ,५ फाल्गुन / नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ मा वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम बिहिबार भएको छ ।
नेपाल तरुण दल हेटौंडा १६ को अध्यक्ष मनोज थिङको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आथित्यतामा भएको कार्यक्रममा देव गोङ्वा, दीपक स्याङतान्, दीपक पाख्रिनलगायत १ सय १३ जना राप्रपा, एमाले, माओवादी तथा अन्य विभिन्न पार्टी परित्याग गरी तरुण दलमा प्रवेश गरेका छन् ।
कार्यक्रममा अथितिहरु नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, काँग्रेस १६ नम्बर सचिव एकबहादुर मोक्तान, तरुण दल जिल्ला सदस्य सन्तोष सापकोटा, राजेश भेटवाल, महिला संघ १६ नम्बर वडा सभापति तारा लामा, तरुण दल ३ नम्बर क्षेत्रीय सभापति सञ्जय श्रेष्ठ, सचिव सूर्य थोकर, तरुण १६ नम्बर सचिव नवराज थिङलगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
÷

0 comments

Write Down Your Responses