Powered by Blogger.
दुई दिवसिय स्वर्ण जयन्ती सत्सगं समारोह २०७३ हेटौडामा सकियो


मकवानपुर, १४ फाल्गुन / शान्ती, सद्भाव र सहिष्णुताको सन्देश दिदैँ दुई दिवसिय स्वर्ण जयन्ती सत्सगं समारोह २०७३ औद्योगिक नगरी हेटौडामा सम्पन्न भएको छ ।  मानव धर्मको उद्गम स्थल पुण्य क्षत्रवाट प्रचारको ५० वर्ष पार गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा वोल्दै पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले स्वर्ण जयन्ती समारोहको सफलताको कामना गरेका छन् । ज्ञान भुमी,पुण्य भुमी नेपालमा मानवताको सन्देश दिने वताउदैँ सवै देश सगँ मित्रभाव, सद्भाव व्यक्त गर्ने जनाएका छन् ।
 मानव धर्मको अभियानमा एक्यवद्धता जनाउदैँ ओलीले प्रशन्न मनले मानव सेवामा र समाज सेवामा लाग्नुपर्ने वताएका छन् । आफनो देशको अस्तित्व खोज्दा ठुला देशले आफनो देशमा खतरा महसुस गर्नेगरेको तर साना देशले आफनो अस्तित्व खोज्नु कुनै देश प्रति लक्षीत नभई आफनो राष्ट्रवादको नारा र राष्ट्रियताको सरंक्षणमा लाग्नुपर्ने वताउदैँ ठुला देशलाई नआत्तिन ओलीले ठुला देशलाई आग्रह गरेका छन् ।  

  सत्सगं समारोहलाई सम्वोधन गर्दै मानव धर्मका प्रणेता सतपाल जी महाराजले कार्यक्रमका प्रमुख अतिथी ओलीलाई नेपाली  राजनितिको चाणक्य भन्दै राष्ट्रभावले हामीले देशको सेवा गर्नुपर्ने र देशविकासमा योगदान दिनुपर्नेमा जोड दिएका थिए । शान्तीको सन्देश दिने नेपाल, वुद्धको ज्ञान दिने नेपालले विश्वमा शान्तीको उदाहरण दिदैँ विश्वमा सद्भाव र मानवताको उदारहण वन्नुपर्ने वताउर्दै वुद्धले ज्ञानको ज्योति फैलाएर विश्वलाई वचाएको भन्दै भगवान वुद्धको जन्म स्थान र सीताको माईतीघर यस देशमा सधैँ शान्ती र सौहार्दपुर्ण व्यवहार रहनुपर्ने वताएका छन् । 
अहिले हामी नेपालीको मुख्य काम देश निमार्ण भएको वताउर्दै, देशको निमार्णमा हामी सवैले आध्यात्मिक सन्देश र शान्तीको सन्देश दिदै अघि वढ्नुपर्ने वताएकाछन् । तर हामीले सनातन धर्मलाई विर्सिए, स्वधर्मलाई विर्सिए सद्भावना र मानवता मरेर जाने र समाजमा शान्ती स्थापना नहुने वताएका छन् ।
समारोहमा सांगितिक समुह कुटुम्वले आफ्नो प्रस्तुती राखेको थियो भने विभिन्न क्षत्रबाट आएका वालवालिकाहरुले सास्कृतिक प्रस्तुती राखेका थिए । समारोहको दास्रो  दिन मानव धर्मले नगर सरसफाई गरेको थियो । 

0 comments

Write Down Your Responses