Powered by Blogger.
देखावटी समाज सेवा के का लागि ?

मन्दा सिंह
समाज सेवा भनेको समाजमा कसैलाई समस्या परेको बेलामा सहयोगको हात बढाउने कार्य हो ।  यस अन्तर्गत समाज विकासको कार्यलाई कसरी अगाडी बढाउने , शिक्षा र स्वास्थ्य बारे जनचेतनाका कार्यक्रमहरु प्रदान गर्ने,हिंसामा परेकालाई न्याय दिलाउने,असहायलाई साथ दिने लगायतका कार्यहरु पर्दछन् ।

अहिले नेपालमा समाज सेवाको लागि भन्दै विभिन्न सघंसस्थाहरु खोलिएका छन् । केही संस्थाहरुले निस्वार्थ रुपमा समाज सेवा गरेका होलान् तर कतिपय संस्थाहरुले देखावटी रुपमा समाजसेवा गरेर बसेको पनि पाईएका छन् ।

जो कोहीले पनि समाज सेवाको लागी संस्था संचालन गरेर बसेको देख्दा अचम्म लाग्छ । समाजमा सेवाको भावले अगाडी बढ्ने व्यक्तिको चरित्र पनि सफा हुन आवश्यक छ । बाहिरी रुपमा मुखौटा लगाएर समाज सेवामा संलग्न व्यक्तिहरुको जमात दिन प्रति दिन बढ्दै गएको छ ।

विशेष गरेर महिला हिंसा विरुद्धमा काम गरि रहेका पुरुष अधिकारकर्मिहरुले आफ्नै घरमा रहेको आमा, दिदी, श्रीमतिलाई नै इज्जत दिने गरेका छैनन् । समाजको अगााडि मै हुं भन्दै हिंड्छन् तर वास्तवमा उनिहरु नै महिला माथि हिंसा गर्ने गर्दछन् । हिंसामा परेका महिलाहरुलाई उद्धार भाव देखाउँछन् तर आफ्नै घरमा रहेका महिलाहरुको इच्छा, सपनालाई कुल्चेर हिँड्ने गरेका छन् ।

सम्पतिको आडमा समाज सेवामा संलग्न कार्यमा अगाडी बढ्ने र विभिन्न कार्यक्रमहरु संचालन गरेर आफैले आफैलाई सम्मान थाप्ने कार्यमा धेरै अधिकारकर्मिहरु अग्रपंतिमा पर्दछन् । राज्यले समाजसेवीहरुको सम्पुर्ण व्यक्तिगत विवरण बुझेर मात्र संस्था स्थापना गर्न दियो भने सायद यस्ता व्यक्तिहरुको रजाई समाजमा कम भएर जाने थियो ।

यसै विषयमा मैले एक जना महिला अधिकारकर्मि साथिबाट सुनेको कुरा भन्न चाहान्छु । महिला हिंसाको निराकरण गर्नु पर्छ भन्ने विषयमा एक होटलमा आयोजित कार्यक्रमा धेरै पुरुष अधिकारकर्मिहरुको पनि सहभागिता थियो । कार्यक्रम समाप्त भई सके पछि उक्त होटलमा नै सबै जनालाई रात बिताउने व्यवस्था पनि मिलाईएको थियो । रातको खाना खाइ सके पछि उनीहरु सुत्ने तरखरमा लागि रहेका थिए । तर त्यहि बेला एक जना अपरिचित पुरुष व्यक्ति आएर ढोका ढक्ढक्याउँछ र सोध्छ के तपाँइहरुलाई केटी चाहिन्छ ?

त्यस मध्येका केही अधिकारकर्मि पुरुषहरुले इन्कार गरे तर केही राजी भई त्यस अपरिचित व्यक्तिको पछि लागेर गए । अब भन्नुस् हाम्रो समाजमा कुन दिशा तर्फ जाँदैछ । महिलाको हितमा काम गर्ने व्यक्तिहरु नै यस्ता कार्यमा अग्रसर हुन्छन् भने कसरी महिलाहरुले न्याय पाउने ।

नेपालको नाकामा बेचिन लागेको केहि दलालहरुलाई समातेर मात्र महिला हिंसाको अन्त्य हुँदैन । आफ्नै देशमा भइरहेको यौनजन्य क्रियाकलापलाई रोक्न नसकेसम्म यस्तो कार्यको अन्त्य हुँदैन । आफ्ना वरिपरी रहेका महिलाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने र समाचारमा आफ्नो र संस्थाको नाम देखाउनको लागी मात्र नाकामा काम गरे जस्तो गरेर महिला हिंसा अन्त्य हुँदैन । 

सरकारले जब सम्म महिलालाई शिक्षा,स्वास्थ्य लगायतका आधारभुत वस्तुहरुको ग्यारेण्टि दिँदैन त्यसबेला सम्म महिला हिंसा अन्त्य हुँदैन ।नेपालमा बसपार्क,लज र होटल लगायतमा महिला हिसां विरुद्धमा काम गरि रहेका पुरुषहरु नै यस्ता कार्यमा संलग्न रहेको तथ्य दिनानुदिन समाचारमा पनि आइरहेको छ । 

यस्ता व्यक्तिहरुलाई प्रोत्साहन गर्नेमा राज्य संचालनमा रहेका ठुला ठुला पदमा रहेका व्यक्तिहरु रहेको तथ्य पनि पाइएको छ । त्यसैकारण महिला हिंसाको निराकरण हुनुको साथै झनै बढ्दै गएको देखिन्छ ।

वेश्यावृतिमा लागेका महिलाहरुलाई विभिन्न किसिमका कार्यमा लगाउनको लागि राज्यले विभिन्न कार्यक्रमहरु ल्याएर आव्हान गर्न जरुरी छ । एक वर्ष सम्म सुत्केरी महिलाहरुलाई भत्ताको व्यवस्था गरिनु पर्दछ । विधुवा महिलाहरुलाई समाजमा सम्मान पुर्वक बाँच्न पाउनुपर्ने वातावरण मिलाउनु पर्दछ महिलाहरुको लागी शिक्षा,स्वास्थ्य,रोजगारी लगायतका विषयमा व्यवस्थापन गरिनु पर्छ । आफ्नो फाइदा र देखावटी रुपमा कार्य गरि रहेका व्यक्तिहरुमाथि राज्यले अनुगमन गरेर कार्वाहि गर्नु पर्छ । अनि मात्र महिला हिंसाको अन्त्य हुन्छ ।

हैन भने नारालाई मात्र अघि सारेर यदि कसैले महिला हिसां अन्त्य गर्छु भन्नु त्यो निरर्थक कुरा मात्र हो । सर्व प्रथम महिला हिंसालाई रोक्नको लागी कार्य गर्ने पुरुषहरुले आफ्नो व्यक्तिगत चरित्रमा सुधार ल्याउन जरुरी छ । यसो बुझ्दा त विदेशी रकम प्राप्त गर्नको लागि मात्र संस्थाहरु स्थापना गरिएको देखिन्छ । विदेशबाट संघसंस्थाहरुमा महिला हितको लागी भनेर अरबौ रकम भित्रिने गर्दछ तर एक रुँपैया पनि महिलाको हितको लागी खर्च भई रहेको छैन । विदेशमा हुने कार्यक्रमहरुमा त्यहि मुखौटा ओढेका व्यक्तिहरु गएर घुमेर आउँछन् र महिलाको नाममा आएको रकम आफ्नो नामको खातामा जम्मा गर्छन् ।

हामि जन्मे पछि मानवता भन्ने शब्द हाम्रो हृदय भित्र हुन जरुरी छ । मानवतालाई गुमाएर महिलाहरुको हितमा काम गर्ने अधिकारकर्मिहरुले कम्तिमा मानवता भन्ने शब्दको खिल्ली उडाउनु हुँदैन । आफ्नो चेलिबेटी समान सबै महिलाको इज्जत र प्रतिष्ठा गर्न सिक्नु पर्छ । यदि होइन भने त्यस्ता व्यक्तिहरु भोलिको दिनमा नराम्रो तरिका बाट फन्दामा पर्छन् । स

माजबाट महिला हिंसा अन्त्य गर्ने अधिकारकर्मिहरुले महिला हिंसा अन्त्य गर्ने नाममा रासलिला गरेर हिँड्ने हो भने देशको भोलिको भविष्य र्दुगति तिर धकेलिएर जान्छ । समाजबाट महिला हिंसाको अन्त्य गर्नकोलागि निस्वार्थ रुपमा अगाडी बढ्न सकिदैन भने त्यसता व्यक्तिहरुले देखावटी रुपमा समाज सेवा नगर्दा नै राम्रो हुन्छ ।

0 comments

Write Down Your Responses