Powered by Blogger.
हटियामा फाल्गुन २१ र २२ गते निःशुल्क स्वास्थ्य शिविर हुँदै

मकवानपुर, १९ फाल्गुन / जिविकोपार्जन अभिमुखिकरण प्राकृतिक स्रोत साधन मञ्च मकवानपुर र नेपाल श्री वैशणव् परिषद्को संयूक्त आयोजनामा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
 आज शिवम् शिमेन्टको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि हेटौडा २२ हटियाको लक्ष्मी आधारभुत नमुना विद्यालयमा यहि फाल्गुन २१ र २२ गते दुई दिन सञ्चालन हुने नेपाल श्री वैष्णव परिषद् मकवानपुरका सचिव होमनाथ चौलागाई बताउनु भयो ।
उक्त शिविरमा नेपालका विभिन्न विधाका विषेशज्ञा डाक्टरहरुबाट स्वाश्स्थ्य परिक्षण हुने शिविरमा हार्ड जोर्नी,नसा तथा वाथ, वाल रोग, स्त्री तथा छाला रोग ,नाक कान घाँटि, टाउको मुटु रोग विषेशज्ञाको साथै दाँत सम्बन्धी बिषेशज्ञबाट स्वास्थ्य परिक्षण गराइने सो कार्यक्रमका संयोजक गोविन्द गौतमले बताउनु भयो ।

विरामीहरुलाई स्वास्थ्य चेकजाँच पश्चात आवश्यक औषधीको समेत व्यवस्था गरिएको शिवम् शिमेन्टका ए।जी।एम चिरन्जीवि कुवँरले बताउनु भयो । शिवम् शिमेन्टको प्रायोजनमा सञ्चालन हुन लागेको उक्त शिविरमा नेपालमा विभिन्न हस्पिटलमा कार्यरत २३ जनाको विषेशज्ञा टोलिबाट स्वास्थ्य परिक्षण हुने आयोजकले जनाएको छ ।
वृहत निःशुल्क स्वस्थ्य शिविरमा शिवम् शिमेन्टबाट प्राभावित क्षेत्र हटिया, हर्नमाडि, सुकौरा, गढि लगायतको क्षेत्रका वासिन्दा गरि करिव २२ सय जनाले सेवा लिने अपेक्षा गरिएकोे कार्यक्रम संयोजक गौतमले जानकारी दिुन भयो ।

0 comments

Write Down Your Responses