Powered by Blogger.
महिला उद्यमीका लागि नीतिगत व्यवस्था विषयक अन्तक्र्रिया कार्यक्रम

मकवानपुर,१९ फाल्गुन / मकवानपुर उद्योग वाणिज्य संघले स्वर्ण महोत्सव तथा ५० औं वार्षिक साधारण सभाको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम मध्ये बुधबार महिला उद्यमीका लागि नीतिगत व्यवस्था विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा स्वर्ण महोत्सव तथा ५० औं वार्षिक साधारण सभाका संयोजक उत्तमशर्मा ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । ंसंघका महिला उद्यमी विकास समितिका सभापति निलम पाण्डेले कार्यक्रम संयोजन गरेका थिए ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराई, महिला तथा वालवालिका कार्यालयका प्रमुख शोभा शाह, हेटौंडा उपमहानगरपालिका कार्यालयका राजश्व प्रमुख दुर्गा प्रसाद न्यौपाने, जिल्ला विकास समिति मकवानपुरका गोपिनी गौतम, मकवानपुर घरेलु तथा साना उद्योग संघका सचिव गिता मैनालीको कार्यक्रममा आतिथ्यता रहेको थियो ।
महिला उद्यमीका लागि राज्यले गरको सुविधायुक्त व्यवस्थाहरुको वारेमा अतिथिहरुले मन्तव्यको क्रममा जानकारी गराएका थिए । महिला लक्षित बजेट, उद्योग वाणिज्य संघको सिफारिसमा महिला उद्यमीहरुलाई कर्जा प्रवाहमा सघाउन सकिने, महिला उद्यमसिलताको लागि संघ संग सहकार्य गरी तालिमहरु संचालन गर्ने, प्रत्येक घरका महिला उद्यमशिल हुनुपर्ने, महिला लक्षित बजेटहरु फ्रिज हुन नदिई महिलाको लागि कोष खडा गरी महिला उद्यमशिलताको विकासमा खर्च गरिनु पर्ने, विभिन्न तालिममा सहभागि उत्कृष्ट प्रतिक्षार्थीहरुलाई उद्यमशिल बनाउने नीति हुनुपर्ने जस्ता भनाई कार्यक्रमका वक्तहरुले राखेका थिए ।
 त्यसैगरी संघका पूर्व अध्यक्ष जीवनकाजि माकजु श्रेष्ठ, संघका कार्यसमिति सदस्य एवम् महिला उद्यमी विकास समितिका सचिव राधिका सामरी पाण्डेले मन्तव्य व्यक्त राखेका थिए ।
कार्यक्रममा संघका महासचिव महेन्द्र राउत, सचिव दिवश पराजुली, सन्तोष कुमार अर्याल, सहकोषाध्यक्ष निलम वैद्य, कार्यसमिति सदस्य छतेन्द्र आचार्य, रविन्द्र घिमिरे, महिला उद्यमी सरिदी श्रेष्ठलगायत संघमा आवद्ध महिला उद्यमीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । संघको महिला उद्यमी विकास समितिले प्रदान गरेको क्रिष्टल माला तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

0 comments

Write Down Your Responses