Powered by Blogger.
युवा भेला सम्पन्न, संयोजकमा प्रकाश पुडासैनी चयन


हेटौंडा, १५ फागुन । युवा संघ नेपाल हेटौंडा उपमहानगर पालिका वडा नम्बर १७ र १८ को समायोजन गरि हेटौंडा (१५  वडा कमिटी गठनार्थ) हेटौंडा गौरीटारमा एक बृहत् युवा भेला सम्पन्न भएको छ । 

नेकपा (एमाले) जिल्ला कमिटी सदस्य एबम युवा इन्चार्ज सुनिल मोक्तानको प्रमुख  युवा इन्चार्ज लामाले युवाहरू देशका निर्माता हुन् भन्दै देशलाई उन्नति र प्रगतितर्फ अगाडि बढाउन युवाहरु लाग्नु पर्नेमा जोड दिनु भयो । युवा संघ यस तर्फ क्रियासिल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य युक्तलाल बिश्वकर्मा ,जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईं , नेकपा एमालेका जिल्ला सदस्य बिष्णु परियार लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियोे  ।

कार्यक्रम युवा संघका सचिन लामा र साबिक १८ का अध्यक्ष प्रकाश पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाबाट प्रकाश पुडासैनी  संयोजक र सचिन लामा उपसंयोजक रहने गरि युवा संघ नेपाल हेटौंडा १५ वडा कमिटी गठन भएको  छ । कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

0 comments

Write Down Your Responses