Powered by Blogger.
युवा भेला सम्पन्न, संयोजकमा प्रकाश पुडासैनी चयन

हेटौंडा १५ फाल्गुन ।  युवा संघ नेपाल हेटौंडा १७ र १८ को समायोजन गरि हेटौंडा–१५  वडा कमिटी गठनार्थ हेटौंडा गौरीटारमा एक बृहत् युवा भेला सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य एबम् युवा इन्चार्ज सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अथिति समेत रहेका मोक्तानले युवाहरू देशका निर्माता रहेको बताउदै देशलाई उन्नति र प्रगतितर्फ अगाडि बढाउन युवाहरु लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले युवा संघ यस तर्फ क्रियाशिल भई लाग्न आग्रह गर्नु भयो ।
 कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सदस्य युक्तलाल बिश्वकर्मा ,  जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईं , नेकपा एमालेका जिल्ला सदस्य बिष्णु परियार लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियोे  । कार्यक्रम युवा संघका सचिन लामा र साबिक १८ का अध्यक्ष प्रकाश पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाबाट प्रकाश पुडासैनी  संयोजक र सचिन लामा उपसंयोजक रहने गरि युवा संघ नेपाल हेटौंडा १५ वडा कमिटी गठन भएको  छ । कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागीता रहेको थियो

0 comments

Write Down Your Responses