फर्जी सदस्यता स्थानान्तरण रोक्न माग गर्दै काठमाडौं शाखामा पुनः तालावन्दी
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhX2z_Ftx5G_eXx8Z6sTaZxGWrCqXhXM2eQFpP2BKHSgXIwqc9a7kV0aYCu4W5DjC7c00v7-hGOPeoT4gsqfJsgm8W0_AAcL-YYEqrABq5V7SxhK9iggK8Pm5D1uD8DRDZvJiC78_pK0jo/s640/tala+bandi.jpg)
काठमाडौं, १९ चैत । पत्रकार महासंघ काठमाडौं शाखामा पुनः तालाबन्दी भएको छ ।
यसअघि विभिन्न ५ जिम्मेवार संगठनहरुले ताला लगाएकामा अहिले फेरी केन्द्रीय पार्षद भावना विद्रोहीले ताला लगाएकी हुन् । उनले विभिन्न प्रतिष्ठान शाखाबाट रातारात सदस्यता स्थानान्तरण गरेर काठमाडौं शाखाको अस्थित्व नामेट पार्ने षड्यन्त्र भइरहेको भन्दै त्यसको विरोध गरेकी छिन् ।
उनको माग पत्रमा भनिएको छ–‘पत्रकार महासंघ काठमाडौं साना लगानीका मिडिया भनेर स्थापित शाखा भईसकेकोले प्रतिष्ठानका सदस्यलाई स्थानतरण गर्ने बाहानामा यस शाखाको अस्त्विको लोप गराउने हर्कत तत्काल बन्द गरियोस् ।’
केन्द्रले निर्धारण गरेको मितिभन्दा धेरै पछि शाखा अध्यक्ष गोबिन्द चौलागाँइलाई थाहै नदिई शाखा सचिवको किर्ते शिफारीश र केन्द्रीय महासचिवको तोक आदेशमा मिर्मिरे एफएम, थाहा एफएम लगायतका विभिन्न संस्थाबाट चुनाव प्रभावित गर्ने गरी ५८ जना सदस्यता स्थानान्तरण गर्ने दुश्प्रयाश भएपछि शाखामा तालाबन्दी भएको थियो ।
अहिले बिद्रोहीले लगाएको तालावन्दीमा विभिन्न ७ सुत्रीय माग राखी दवाव स्वरुप तालाबन्दी गरिएको छ । मागपत्रमा भनिएको छ –१० औं महाधिवेशन नजिकीदै गर्दा चैत्र १ गते काठमाडौं शाखामा हुने भनिएको चुनाव स्थगित हुनु, अर्को मिति नतोकिनु, पत्रकारको छाता संगठनलाई अनिर्णयको बन्दी बनाएकोले गर्दा यसको खेद एवं निन्दा स्वरुप आफुले ताला लगाउन बाध्य भएको महासंघकी केन्द्रीय पार्सद भावना बिद्रोहीले बताइन् । उनको ध्यानाकर्षण पत्रमा ‘प्रत्यक्ष निर्वाचन प्रणलिद्वारा पार्सद छनोट गरीयोस । ठुला राजनीति संगठनको सिण्डिकेट हटाईयोस, नेपाल पत्रकार महासंघलाई राजनीतिकरणबाट मुक्त गराइयोस, गुप्तचर लगायत अवैध व्यक्तिलाई दिएको सदस्यता खारेज गरियोस, वर्षेनी चुनाव जित्ने बाहानामा फर्जी पत्रकार उत्पादन नगरियोस ’ लयायत उल्लेख छ । उनको यस्तो न्यायोचित संघर्षमा बहुमत पत्रकारले ऐक्यवद्धता जाहेर गरेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgOXgs365pVbw4Nh0ayoU2rWFha-D3NxM1gz5HLUNjiHc-ervSw7p8lHDd1CI-Qc6MkEpyR6GGdVde4VG1JO_znyUu-J5Sn-rZ3fiCCWtVTRfNPnHD6Hv6sJWZRCaMtgPJbaf8XI3defYE/s640/bhabana+mag.jpg)
0 comments
Write Down Your Responses